vada
News

सियोनाको उपचारमा अभिनेत्री परमिताले गरिन् ६० हजार सहयोग

सियोना बचाउ अभियान चलेको धेरै भैसक्यो । उक्त अभियान हालसम्म पनि चलिरहेको छ । उपचारको लागि २५ करोड नेपालि रुपैयाँ चाहिने भएपछि नेपालिहरु लागिपरेका छन् । जसमा नेपाली सेलिब्रेटिहरुले पनि सहयोग गरेका छन् । केहिले आफ्नो सामाजिक संजालमा हेल्प पोस्ट गरेर सहयोग गरे भने केहिले आफ्नो कमाईको केही भाग छुट्याएर आर्थिक रकम नै सहयोग गरे । यस्तैम अभिनेत्री परमिता आरएल रानाले पनि आर्थिक सहयोग सियोनाको ममिलाइ हस्तान्तरण गरेकी छन् ।

उनले यो सहयोग जुटाउनलाई ईन्स्टाग्राममा “ट्रीफ्ट” नामक आईडी चालाएकी थिइन । जहाँ महिलाले प्रयोग गर्ने कपडा लगायतका सामानहरु बिक्रीमा राखेकी थिइन् । जहाबाट बिक्री भएको सम्पुर्ण रकम सियोनाको यो अभियान सुरु हुदाताकै घोषणा गरेकी थिइन् । हालसम्म बिक्री भएर उठेको ६० हजार नेपाली रुपैयाँ उनले सियोनाको ममि एलिना श्रेष्ठलाई हस्तान्तरण गरेकी हुन् । यस्तै अर्का गायकले पनि १०१ अस्ट्रेलियन डलर अर्थात ९ हजार बढि नेपाली रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम कुनै समयको चर्चित ब्याण्ड ‘कन्दरा ब्यान्ड’का गायक बिबेक श्रेष्ठले गरेका हुन् ।

सो ब्यन्डका गीतहरु अहिले पनी नेपालिहरु माझ लोकप्रिय छन् । श्रेष्ठ बिगत २ वर्षदेखि अस्ट्रेलियामा छन् । यस्तै अन्य सेलिब्रेटिहरुले यसअघि नै आर्थिक सहयोग गरिसकेका छन् । मोडल, सन्चारकर्मी तथा समाजसेवी शिशिर भन्डारीले अभियान नै चलाएर संकलन भएको १० लाख ५६ हजार ४५० रुपैया, चर्चित गायिका रचना रिमालले आफ्नो ब्यक्तिगत तर्फबाट २० हजार, फ्यानक्लबको सहायतामा आकाश श्रेष्ठले १ लाख १७ हजार, गायक नितेश जंग कुवरले २५ हजार, अभिनेता पल शाह र उनको परिवारको तर्फबाट दशै दक्षिणा स्वरुप १ लाख, अभिनेत्री वर्षा राउतले ३० हजार, गायक बुद्ध लामाले १० हजार, हास्यकलाकार कुमार कट्टेलले १० हजार आर्थिक रकम सहयोग यसअघि नै गरेका हुन् ।

अभिनेत्री करिष्मा मानन्धरले पनि परमिताको अभियान मार्फत नै आफुले सहयोग गरेको बताएकी थिइन् । यस्तै, बेलायतमा बसेर कलाकारितासँगै भ्लगिङ र ढाका व्यवसाय गरिरहेकी कलाकार तथा युट्यूवर सृजना निङ्लेकुले पनि आफ्नी छोरी राशी लिम्बुको ८ औं जन्मदिन तथा युट्यूव च्यानलले ७५ हजार सब्स्क्राइबर्स पूरा गरेको अवसर पारेर सियोनाको उपचारका लागि ७५ हजार रुपैयाँ सहयोग गरेकी थिइन् ।

सियोनाको उपचार नेपालमा सम्भव नहुने र उपचार गर्न २५ करोडको हाराहारीमा खर्च लाग्ने भएपछि सियोनाको बुवाआमा यतिबेला सहयोग अपिल गरिरहेका छ । आफ्नो छोरिको जीवन रक्षाको निम्ति सबै सेलिब्रेटिहरुलाई सकेको आर्थिक सहयोग गर्न सियोनाको अभिभावकले आग्रह गरिरहेका छन् । २५ करोडमा हालसम्म १८ करोड बढी संकलन भैसकेको छ तर, सियोनाको उपचारको लागि यो रकम अझै अपुग हो । त्यसैले अझै केहि सहयोगको जरुरत छ । सियोनलाई जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी-एसएमई-१ (SPINAL MUSCULAR ATROPHY (SME-1) रोग लागेको छ । जुन रोगका कारण बच्चाको अंगहरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृत्युसम्म हुने जस्ता लक्षण देखिन्छ ।

जस्का कारण यतिबेला मृत्यु जित्न संघर्ष गरिरहेकी सियोनाको उपचार २ वर्ष उमेर भित्रमा गरिसक्नुपर्ने छ । त्यो अबधी सकिनै लागेको छ । अभियानलाई अझै प्रभावकारी बनाउन फेसबुकमा पब्लिक ग्रुप नै बनेको छ । सियोनालाई सहयोग गर्न अनलाइन, बैंक एकाउन्ट, ई-सेवा र खल्ती एकाउन्ट रहेको छ । जहा सहयोगीदाता आफुले चाहेको रकम पठाउन सक्नेछन् । बैंकमा सहयोग रकम पठाउनको लागि सियोन श्रेष्ठ (Siyona Shrestha) नाममा बैंक अफ काठमाडौ (Bank of Kathmandu) को परासी ब्रान्च (Parasi branch) मा एकाउन्ट खोलिएको छ ।

जस्को एकाउन्ट नम्बर 206500000031524 रहेको छ । यस्तै, ईसेवाबाट आर्थिक सहयोग गर्नको लागि 9816457809 र 9847206466 आईडी प्रयोग गर्दै सियोन बचाउ अभियानमा साथ दिन सक्नुहुनेछ छ । यस्तै खल्ती एप प्रयोगकर्ताहरुले भने खल्ती भित्रको ‘Bazaar’ भन्ने अप्सनमा गई ‘Donation for Siyona Shrestha’ सर्च गरेर आफुले चाहेको रकम पठाउन सकिनेछ भने www.gofoundme.com मार्फत पनि सहयोग रकम पठाउन सकिनेछ । डिथ्री अनलाइन सियोनको जीवन रक्षाको कामना गर्दछ । 

Related Articles

Back to top button