vada
News

विवाह गरेको डेढ महिनामा दियाले दिइन् आफू गर्भवती भएको जानकारी

बलिउड अभिनेत्री दिया मिर्जा गर्भवती भएकी छिन् । उनले सो कुरा आफ्नो इन्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् ।

दियाले गत फेब्रुअरी २५ मा व्यापारी वैभव रेखीसँग विवाह गरेकी हुन् । वैभवसँग विवाह गरेको डेढ महिनामा उनले आफू गर्भवती भएको कुरा सामाजिल सञ्जालमार्फत् जानकारी दिएकी हुन् । दियाले सार्वजनिक गरेको तस्बिरमा उनको बेबी बम्प प्रस्टसँग देख्न सकिन्छ । उक्त तस्बिर वैभवले नै खिचेको उनले उल्लेख गरेकी छिन् ।

दियाले यसअघि साहिल सांगासँग सन् २०१४ मा विवाह गरेकी थिइन् । उनले सन् २०१९ मा श्रीमानसँग अलग्गिएको घोषणा गरेकी थिइन् । उनको पहिलो विवाह पाँचवर्षसम्म चलेको थियो । दियाले सोसल मिडिया पोस्टमार्फत् आफ्नो सम्बन्धविच्छेदबारे जानकारी दिएकी थिइन् ।

यसअघि दियाले सन् २०१४ मा व्यापारी साहिल संघासँग बिहे गरेकी थिइन् । तर, उनीहरुको वैवाहिक जीवनमा ५ बर्षमा नै टुटेको थियो । सन् २०१९ मा साहिलसँगको वैवाहिक सम्बन्ध टुटेपछि दिया वैभवको प्रेममा थिइन् ।

यस्तै, भारतीय मिडियाका अनुसार वैभवले पनि सुनैनासँग बिहे गरेका थिए । उनीहरुको एक छोरी समेत छिन् । बलिउडमा कुनै समय राम्रो चर्चा पाएकी दिया पछिल्लो केही बर्षदेखि भने चलचित्रमा खासै जमेकी छैनन् ।

दिया मिर्जाको फिल्मी करियरः

दियाले सन् २००० मा मिस इन्डिया एशिया प्यासिफिकको ताज जितेकी थिइन् । उनले आफ्नो करियरको सुरुवात फिल्म ‘रहना हे तेरे दिल मे’ बाट गरेकी थिइन् । उनलाई अन्तिम पटक फिल्म ‘थप्पड’ मा देखिएको थियो । हाल उनी तेलुगु फिल्म ‘वाइल्ड डग’ को सुटिङ गरिरहेकी छिन् ।

 

Related Articles

Back to top button