vada
News

थप ४ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय!

सरकारले चाडपर्व विदा थप गरेको छ । आगामी वर्ष २०७८ मा ४ दिन सार्वजनिक विदा थप गरिएको हो ।यसअघि दिइँदै आएको चाडपर्व विदामा चार दिन थप गर्दै घटनास्थापना, जनैपूर्णिमा, माघे संक्रान्ति र भाइटीकाको

भोलिपल्ट पनि विदा दिने निर्णय सरकारले गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा ४ दिन विदा दिने निर्णय गरेको हो ।सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना र १ माघको माघे संक्रान्तिमा देशभरि विदा हुनेछ ।

त्यस्तै, तिहार भाइटीकाको भोलिपल्ट २१ कात्तिकमा पनि राष्ट्रिय विदा हुनेछ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button