News

पर्सामा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

७ साउन, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको मृ’त्यु भएको छ ।

जगरनाथपुर–६ माधोपुर बस्ने १६ वर्षीय कृष्ण पटेलको मृ’त्यु भएको हो ।

मंगलबार साँझ ५ बजे जगरनाथपुर–६ स्थित नौरंगी खोलामा पौडी खेल्ने क्रममा डुबेर पटेल वेपत्ता भएका थिए ।

खोजतलासका क्रममा एक घन्टापछि मृत अवस्थामा उनको श’व भेटिएको इलाका प्रहरी कार्यालय, पोखरियाले जनाएको छ ।

Related Articles

Back to top button
Close