vada
News

Breaking: आज एकैदिन कोरोनाबाट ४ जनाको निधन , थपिए यति धेरै संक्रमित

काठमाडौं— नेपालमा आज एकैदिन ४ जनाको कोरोना संक्रमण बाट ज्यान गएको छ। आज ज्यान गुमाउने कोरोना संक्रमित सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २४ पुगेको छ। त्यस्तै थप १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ जना पुगेको छ । नेपालमा संक्रमणमुक्त हुनेको दर ९८।४ प्रतिशत रहेको छ ।

Related Articles

Back to top button