vada
News

दुःखद खबर; ट्रकले ठ’क्कर दिँदा मुख्यमन्त्रीको पिएसओ असईको मृ’त्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत एक ट्र’कले ठ’क्कर दिँदा प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतको पिएसओको घ’टनास्थलमै मृत्यु भएको छ ।

धनुषाको मिथिला नगरपालिका–१० स्थित लालगढमा रहेको मोडल अस्पताल नजिक शुक्रबार बिहान अन्दाजी ३ बजेको समयमा ट्र’कले प्रहरी सहायक निरीक्षक मदनजंग कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरर्साइकललाई ठ’क्कर दिँदा उनको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक मिश्रले असई कापरको ड्युटी सकेर घर फर्कने क्रममा ट्रकले ठ’क्कर दिँदा मृ’त्यु भएको हो ।
मृ’तक असई कापरको श’व जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको धनुषा प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button