vada
News

झापामा कोरोना संक्रमित महिलाको मृत्यु

झापामा कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण एक महिलाको मृत्यु भएको छ ।

संक्रमित महिलाको बिहीबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । ३९ वर्षीया ती महिला भारतबाट फर्किएकी थिइन् ।

उनको बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । उनका अनुसार मृतक महिलामा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

Related Articles

Back to top button