vada
News

आमाको निधनपछि शिवहरीले लेखे भावुक स्ट्याटस्

चर्चित हांस्यकलाकार शिवहरी पौडेललाई मातृशोक परेको छ ।
उनकी आमा गंगादेवी पौडेलको गएराती १ सय वर्षको उमेरमा निधन भएको हो । १९७७ फागुनमा जन्मिएकी उनकी आमाको गएराती ११ वजेर ९ मिनेटमा निधन भएको कलाकार जितु नेपालले लोकान्तरलाई जानकारी दिए ।

हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे लगायत पौडेलका सुभेच्छुक तथा चलचित्रकर्मीहरुले श्रद्धान्जली व्यक्त गरेका छन् ।

आमाको निधनपछि शिवहरीले लेखेको भावुक स्ट्याटस्

​दुखद् खबर लेख्न वाध्य भएँ आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ अथवा गरिंन मलाई थाहा छैन । तर, १ सय वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यसपछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा । देश विदेशमा हुनु भएका सम्पूर्ण आफन्तजनहरूको जानकारीको लागी यो दुखद् खबर आफैले फेसबुक वालमा राख्न वाध्य भएको छु । आमा, फेरीपनि मलाई माफ गर्नुहोला ।

Related Articles

Back to top button
Close