vada
News

कोरोना भाइरसको संक्रमण बढेपछी, फेरि सम्पुर्ण बजार, बिधालय बन्द गर्ने घोषणा !

एजेन्सी । भारतका आठ राज्यमा कारोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ ।

सङ्क्रमण फैलिएपछि केही ठाउँमा लकडाउन गरिएको छ भने केही ठाउँमा क’डाइ गरिएको छ । मध्य प्रदेशको भोपाल, इन्दोर र जबलपुरमा पूरै लकडाउन छ । महाराष्ट्रको नागपुरमा आउँदो १८ गतेसम्मका लागि लकडाउन ल’म्ब्याइएको छ । गु’जरात र पन्जाबका केही सहरमा रात्रिकालिन क’र्फ्यु लगाइएको छ भने केही ठाउँमा स्कुल कलेज ब’न्द गरिएको छ ।

यो पनि , तलब वृद्धिभन्दा महँगी वृद्धि बढी

काठमाडौं । पछिल्लो समय बजारमा महँगी बढेअनुसार समग्रमा जागीरेको तलब भने बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत माघमा वार्षिक विन्दुगत मूल्य वृद्धि २ दशमलव ७० प्रतिशतले बढ्दा तलब तथा ज्यालाको सूचकांक भने १ दशमलव ७७ प्रतिशतले मात्र बढेको छ ।

यसअवधिमा तलबको वृद्धि शून्य भए पनि ज्यालाको वृद्धि बढी हुँदा समग्रमा तलब तथा ज्याला वृद्धि भएको देखिएको हो । राष्ट्र बैंकका अनुसार समग्रमा तलब तथा ज्यालादर बढी देखिनुको कारण गत माघ महीनामा २ दशमलव २७ प्रतिशतले ज्यालाको दर बढेकाले हो तर यसअवधिमा तलबको वृद्धिदर शून्य देखिएको छ ।

सामान्यतया महँगी अर्थात् मूल्यवृद्धि (मुद्रास्फीति) बढेअनुसार तलब र ज्यालाको वृद्धिदर हुनुपर्छ । कोभिड–१९ का कारण अधिकांशले जागीर गुमाउनु परेको छ भने कतिपयले खाइपाई आएको तलब कटौती हुँदा महँगीको तुलनामा तलब बढ्न नसकेको सरोकारवालाहरू औंल्याउँछन् ।

समग्रमा तलब तथा ज्याला वृद्धिको सूचकांक गतवर्षको माघभन्दा पनि अहिले धेरै कम हो । गत माघ महीनामा उक्त सूचकांक ७ दशमलव ५१ प्रतिशतले बढेको थियो । यसअवधिमा ज्याला भने करीब मूल्यवृद्धिको नजीक आउन खोजेको देखिन्छ तर पनि सोही अनुपातमा छैन । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छन् ।

Related Articles

Back to top button