vada
News

हिजो मारिएका असई गोविन्द विकको शोक सलामी सहित अन्त्येष्टि

आईतबार नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्य ‘ह’त्या गरेको अवस्थामा भेटिएका प्रहरी सहायक निरिक्षक बिकको सोमबार कञ्चनपुरको दोदा नदीको किर्तिपुर घाटमा उच्च सम्मान सहित अन्त्येष्टि गरिएको हो । कैलालीको जुगेडामा रहेको अस्थायी प्रहरी विटका इन्चार्ज प्रहरी सहायक निरिक्षक असई गोबिन्द बिकको अन्त्यष्टि गरिएको छ ।

अन्त्येष्टि अगाडी बिकको पार्थिक शरिरमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदीले झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।बिकको शोक सलामीसहित कञ्चनपुरको दोदा नदीमा रहेको किर्तिपुर घाटमा अन्त्येष्टि गरिएको हो ।

कार्तिक १ गते राति वेपत्ता भएका असई बिकको शव २ गते फेला परेको थियो । उनको शव धनगढी उप महानगरपालिका वडा नम्वर १० स्थित मोहना नदीमा फेला परेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा घाँटीमा धा’रि’लो हतियार प्र’हार गरेर बिकको ह’त्या भएको जनाएको छ । उनीसंगै गस्तीमा गएका प्रहरी जवानको अवस्था अझै अज्ञात रहेको छ ।

Related Articles

Back to top button
Close