vada
Intresting

२ सन्तानकी भाउजु र देवरको यस्तो चर्तिकलाले सारा समाज अचम्मित।

पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक कामहरु भइरहेका हुन्छन् । जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ति वास्तवमैंसत्य हुन्छन् । यस्तैं एउटा घटना भारतको बिहार राज्यमा भएको छ ।यहाँ आफ्नै भाउजु लिएर देवर फरार भएका छन् । देवरको पनि विवाह भएको छउनका ५ वटा सन्तान छन् भने भाउजुका पनि २ सन्तान रहेका छन् । भाउजुको विवाह १५ वर्ष पहिले भएको थियो ।परिवारले प्रहरीमा मुद्धा हालेपछि उनीहरुलाई भागलपुरको तिलकामांझी क्षेत्रको जवारीपुरबाट नियन्त्रणमा लिएको बताइएको छ ।

यो पनि पढ्नुहोस;-नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सेफ सन्तोष साहसँग भेटवार्ता गरेकी छन् । राजदूत पोलिटले सन्तोषलाई बेलायत लगायत विश्वभर नेपाली खाना चिनाउन लागि परेकोभन्दै बधाई दिएकी हुन् । उनले सामाजिक सञ्जाल ट्वी’टरमा लेखेकी छन्, ‘सेफ सन्तोष साहसँग आज निकै रमाइलो कुराकानी भयो, नेपाली खानालाई बेलायत र विश्वभर प्रसिद्ध पार्नेउनको योजनाहरू सुनेर धेरै खुशी छु, बेलायती दूतावासको तर्फ बाट वहालाई शुभकामना छ।’साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता हुन्‌। उनले विश्व मञ्चमा नेपाल र

नेपाली खाना चिनाउन सफल भएका थिए। सिराहाको कर्जन्हामा जन्मेका साह गत २० वर्षदेखि सेफका रुपमा कार्यरत छन्। उनी १० वर्षदेखि बेलायतमै काम गरिरहेका छन्। सन्तोष आफ्नोसंघर्षलाई उनी शक्ति मान्छन्। ‘म कुन पृष्ठभूमिबाट आएको हुँ, त्यो मलाई थाहा हुनुपर्छ। किनकि अहिलेसम्म पनि त्यो अवस्था छ। जो यो अवस्थामा छन्, उनीहरुलाई प्रेरणा दिनुपर्छ,’ उनी भन्छन्,‘मलाई सबै स्मरण छ। भारतमा मैले क्याटरिङ म्यानेजमेन्ट, अंग्रेजी अनि कम्प्युटर सिकेँ, सिक्ने क्रम अझै जारी छ ।’ प्रतियोगिता समय अवधिभर उनले नेपालका झण्डै ५० थरीका परिकारलाई पेश

गरे जुन परिकारले नेपालको जातिय विविधतालाई पनि प्रस्तुत गर्दथ्यो। ‘कतिपय परिकारको बारेमा त मलाई थाहासम्म थिएन,’ उनले भने, ‘मैले पहिला पनि धेरै पाक प्रतियोगितामा सहभागिताजनाएको थिएँ। मास्टरसेफमा जान ५ वर्षदेखि मेरो तयारी थियो तर हरेक वर्ष कार्यक्रमको तह बढ्दै गएपछि मैले नयाँ केही गरौँ भनेर नेपाली खाना प्रस्तुत गरेँ।’ जिम्बु, भैसीको मा’सु, योमरी लगायतधेरै खानेकुरा उनको लागि नयाँ थियो। नेपाली परिकारको बारेमा उनले जान कारी पाउनेबित्तिकै घरमा अभ्यास गर्थे। साथीहरुसँग सल्लाह गर्थे। भारतीय खानाका विज्ञ उनलाई लाग्छ, ‘भारतीय

खानालाई प्रस्तुत गरेको भए यति अगाडि पुग्ने थिइनँ।’ प्रतियोगितामा सहभागी भएदेखि नै उनले आफ्नो राष्ट्रियताको सम्मान गरे। नेपाली खानालाई पस्किएका उनले फाइनलमा ढाका टोपी लगाउनलाई अड्डी कसे । उनलाई नेपाली पहिरन र टोपीको सम्मानलाई पनि उँचो बनाउनु थियो। फाइनलमा पुगेपछि ‘आफ्नो मात्र हैन, देशको सवाल छ’ भन्ने अनुभूत गरे । त्यसैले सन्तोषले टोपी लगाउन नदिए कार्यक्रमभन्दा बाहिर बस्ने अडान लिए। ‘मास्टरसेफको कार्यक्रममा कुनै ब्राण्डलाई प्रमोट गर्न नपाइने नियम छ । सुरुमा उनीहरुलाई लाग्यो होला टोपी केही ब्राण्डको

प्रोमोसन हो तर जब उनीहरुले बुझे तब अनुमति पाएँ,’ साह सम्झन्छन्, ‘हामी नेपाली हो नि त ! झण्डाको कुरामा, मातृत्वको कुरामा भावना जहिले पनि अगाडि आउँछ। अहिले जे पाएँ, त्यसमा खोट

लगाउने ठाउँ रहेन। यो गर्न पाइएन, त्यो गर्न पाइएन भनेर भन्नु परेन नि!’ पाउरोटी बेचेर ५० रुपैयाँ कमाउँदा उनलाई जुन सन्तुष्टि मिल्थ्यो, सेफको व्यवस्थापकीय प्रमुख हुँदा पनि त्यही सन्तुष्टि भयो। उनमा अगाडि बढ्ने मोह र काम प्रतिको उत्सुकता कायमै रहँदा आफ्नो क्षेत्रमा नयाँ नयाँ के हुन सक्छ त्यो प्रयोग गरि रहे। मास्टरसेफको फाइनलमा पुगेर उनको प्रसिद्धि चुलिएको छ।

Related Articles

Back to top button