vada
News

संकटकाल र कर्फ्यु लाग्नेबारे गृहमन्त्रालयले जारी गर्यो यस्तो विज्ञप्ती

काठमाडौं, ३ कात्तिक । गृह मन्त्रालयले सामाजिक संजाल तथा मोवाइल म्यासेजहरुमा कर्फ्यु लगाइने भन्ने गलत सुचना प्रवाह भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज एक बिज्ञप्त्ति जारी गर्दै मन्त्रालयले सुरक्षा संवेदनशील बिषयलाई जोडी संकटकाल कर्फ्यु लाग्ने भन्ने सुचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको जनाएको छ । साथै ती समाचार तथा सन्देशहरुमा बिश्वास नलिन पनि आग्रह गरिएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

गृह मन्त्रालयले यस्ता भ्रामक समाचार तथा सन्देश दिनेलाई गम्भीरतापूर्वक लिएर आवाश्यक अनुशन्धान प्रकृया अघि बढाइ सकेको पनि बताइएको छ ।

Related Articles

Back to top button
Close