vada
News

यो वर्ष एसईई दिनेहरुका लागि आयो यस्तो खबर, परिक्षा वोर्डले गर्यो यस्तो निर्णय

काठमाडौ । यो वर्षको एसईई परिक्षा जेठमा हुने भएको छ । यस अघि चैत महिनामा हुँदै आएको परिक्षा कोरोना जोखिमका कारण गरिएको लकडाउनले विद्यालय र शैक्षित गतिविधि बन्द भएका कारण ढिलो हुने भएको हो । वि।सं। २०७७ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने भएको छ।

जेठ १३ देखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो। कोरोनाका कारण चैतमै लिनुपर्ने परीक्षा दुई महिना ढिला गरी हुनलागेको हो। यो वर्ष बोर्डले नै परीक्षा लिनेछ। मंगलबार बसेको बोर्ड बैठकले एसईई परीक्षासम्बन्धी निर्णय गरेको हो।

यो अर्को समाचार, छोरीबुहारी छात्रवृत्ति कार्यक्रमका लागि निवेदन आह्वान
सामाजिक विकास कार्यालय जुम्लाले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रमका लागि निवेदन आह्वान गरेको छ ।

नर्सिङ, एचए, फार्मेसी, ल्याब टेक्निसियन, रेडियोलोजिष्ट, बाली विज्ञान, बागवानी, पशुविज्ञान, इन्जिनीयरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्न प्रदेश सरकारले छात्रवृत्ति प्रदान गर्ने कार्यालय प्रमुख बलवीर सुनारले जानकारी दिनुभयो ।

प्रदेश सरकारले आर्थिक वर्ष ०७५÷०७६ देखि सो कार्यक्रम अघि सारेको हो । एक जनालाई रु ६६ हजारदेखि एक लाख ३० हजारसम्म छात्रवृत्ति प्रदेश सरकारले उपलब्ध गराउने कार्यालयले जनाएको छ । कार्यक्रम प्रभावकारी बन्दै गएको स्थानीयवासी भगवती चौलागाईंले जानकारीदिनुभयो ।

Related Articles

Back to top button