vada
News

प्रहरी जवान साँउद पत्नी घटनास्थल पुगिन, आफुलाई सम्हाल्न सकिनन्

काठमाडौ । ड्युटीमा रहेका आफ्ना श्रीमानलाई बेपत्ता बनाएको खबर पाएपछि प्रहरी जवान राम बहादुर साँउदकी पत्नीको सबै खुसी हराएको छ । दशैंको मुखमै यति ठूलो विपत्तीको सामना गर्नुपर्ला भन्ने उनले कल्पना पनि गरेकी थिइनन् ।

अछामका प्रहरी जवान रामबहादुर धनगढीमा कार्यरत थिए । ड्युटीमै खटिएका बेलामा उनी दुई दिन देखि बेपत्ता छन् ।
उनीसंगै रहेका कैलाली जिल्लाको जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकको भने शव फेला परिसकेको छ ।

प्रहरी जवान राम बहादुर साँउद भने अझै बेपत्ता छन् । उनककी पत्नी धनगढी आईपुगेकी हुन् । ड्युटीमा खटिएकै समयमा पति साउँद बेपत्ता भएको जानकारी पाएपछि हिजो दिउँसो अछामबाट हिडेकी साउँदकी पत्नी आज बिहान जुगेडास्थित अस्थायी प्रहरी पोष्ट पुगिन ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनी त्यहाँबाट घट्नास्थल तर्फ गएको प्रहरीले बताएको छ । साँउदको अवस्था अज्ञात छ । उनका तीन वर्षीया र छ वर्षीया दुई छोरी र श्रीमती छन् । दशैंको मुखमा परेको यस्तो विपत्तीका कारण उनले आफुलाई सम्हाल्न सकेकी छैनन् ।

Related Articles

Back to top button
Close