vada
News

काठमाडौं मेडिकल कलेज हस्पिटलको तेस्रो तलाबाट हामफालेर एक युवकले गरे आ’त्मह’त्या

काठमाडौं । सिनामङ्गलमा रहेको काठमाडौं मेडिकल कलेज ( केएमसी) अस्पतालको तेस्रो तलाबाट हामफा’लेर एक युवकले आ त्म ह त्या गरेका छन् ।आज बिहान करिब ८ बजेर ४० मिनेटमा अस्पतालको तेस्रो तलाबाट हामफा’लेका २६ वर्षीय युवक रोशन खड्काको मृ’त्यु भएको हो ।

‘आज बिहानको घटना हो। अहिले मृत्यु भएको जानकारी आइसकेको छ,’ महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी जितेन्द्र कुमार बस्नेतले भन्नुभयो । सोलुखुम्बु घर भएका खड्का परिवार काठमाडौंको बानेश्वरमा डेरा गरी बस्दै आएको छ ।

आइतवार उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी मानसिक रोगी भएको प्रहरीको अनुसन्धानमा देखिएको छ । उपचारको लागि अस्पतालमा रहेकी आमा औषधि लिन गएको बेला हा म फालेको प्रहरीले जनाएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button