vada
News

साइप्रसमा नुवाकोटकी चेली संगिता पाण्डेको मृत्यु

वैदेशिक रोजगारीको सिलसिलामा साईप्रसमा कार्यरत नुवाकोटकी चेली संगिता पाण्डेको निधन भएको छिन् ।

पाण्डेको गत मार्च १ तारिख बिहान ७ : ३० बजे निकोसिया स्थित देफ्तेरा गाउँमा मृत्यु भएको एनआरएनए साइप्रसले जनाएको छ। पाण्डेको आकस्मिक मृत्यु भएको प्रहरी रिपोर्टले जनाएको छ।
४२ बर्षीया पाण्डेको राहादानि नम्बर ०९१३६६३४ रहेकी छिन् ।उनको घर नुवाकोटको बिदुर नगरपालिका – १ पाण्डेगाउँ रहेको खुलेको छ।

मृतकका पान्डे बारे केहि समय पुर्ण पहिचान खुल्न सकेको थिएन | इजरायल स्थित नेपाली राज राजदुताबास, कन्सुलेट अफ निकोसिया र एनआरएनए साइप्रसद्धारा मृतकका बारे बिहिवार परिवार संग सम्पुर्ण जानकारी समेत गराइएको छ।

साइप्रसमा गर्नुु पर्ने कानुनी प्रकृया सकिए लगत्तै मृतकको शबलाई नेपाल पठाइने एनआरएनए साइप्रसले जनाएको छ। फोटो :एनआरएनए साइप्रस

Related Articles

Back to top button