vada
News

ट्याक्टरको डालीबाट युवती खसिन्, ठाउँको ठाउँ मृत्यु

हुम्लामा एक युवती ट्याक्टरको डालीबाट खसेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको छ । सदरमुकाम सिमकोटबाट चामल बोकेर बुराउसे गाउ जादै गरेको ट्याक्टरबाट खसेर ती युवतीको मृत्यु भएको हो ।

खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले बितरण गरेको वडा भाग चामल लिएर सिमकोट बजारबाट बुराउँसे गाउँतर्फ जाँदै गरेको लु अ अ भ १०१४ नम्बरको ट्याकटरबाट उनी खसेकी थिइन् । उनको पहिचान सिमकोट गाउँपालिका४ बुराउसे गाऊकी २७ वर्षकी उपाल लामाको रुपमा भएको छ ।

सिमकोट बजारबाट चामल बोकेर बुराउसे जाने क्रममा हुमाने खोला नजिकै चिसामुल भन्ने ठाउँमा ट्याक्टरबाट खसेर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले पुष्टी गरेको छ ।

चामल बोकेको ट्याकर पछाडी बसेकी लामाको ट्याकरबाट खसेर घटना स्थलमै मृत्यु भएको प्रहरी कार्यालय हुम्लाले जनाएको छ । लामाको शव प्रहरीले घटनास्थलको मुचुल्का गरि पोष्टमार्टमका लागि जिल्ला अस्पताल हुम्ला लगेको थियो ।

Related Articles

Back to top button