vada
Video

पर्दामा श्रीकृष्ण श्रेष्ठको आमाको भूमिका खेलेकी कलाकार लक्ष्मी गिरिले खोलिन् यस्ता रहस्य, स्वेताको बारेमा यस्तोसम्म भनिन् (भिडियो हेर्नुहोस्)

बरिष्ठ कलाकार लक्ष्मी गिरीले श्वेता खड्का बिवादको बारेमा बोलेकी छिन् । उनले श्रीकृष्ण सुटिँगको सेटमै बिरामी हुन्थे भन्दै श्वेतालाई पछिल्लो समय लागेको आरोपका बारेमा स्पष्ट बिचार राखिन् ।

साथै उनले कुराकानी क्रममा अहिलेका चर्चित नायकहरु पल शाह, प्रदिप खड्का र अनमोल केसी राम्रो लाग्छ भनेर बताएकी छिन् ।

लक्ष्मी गिरी नेपाली, भोजपुरी, मैथली र नेपाल भाषाका चलचित्रहरूमा चरित्र अभिनेत्री हुने पहिलो महिला कलाकार पनि हुन् । उनको जन्म २०११ माघ ६ मा काठमाडौंको पशुपति क्षेत्र, देवपत्तन मा भएको थियो ।

उनका पिताको नाम मुक्तिनाथ पौडेल र माताको नाम उजेली अधिकारी हो । उनी एक्लो सन्तान हो । लक्ष्मीले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी छिन् ।

उनलाई ३ सय ७२ वटा टेलिश्रृंखलामा देखिसकिएको छ । मदनकृष्ण र हरिवंशको नाटक विज्ञापन को कूल ३ सय ८९ प्रदर्शनमा उनले २ सय ८९ पटक अभिनय गरेकी छिन् ।

‘विज्ञापन’ नाटककै प्रदर्शन र अन्य कार्यक्रमसहित उनले अमेरिकाका ३५ राज्य, बेलायतका ३ राज्य, हङकङका धेरै भाग, भारत आदि देश देख्ने मौका पाएकी छिन् । उनले अन्य कलाकारका बारेमा बोलेका कुरा यस भिडियोमा हेर्न सकिन्छ ।

Related Articles

Back to top button