vada
News

यिनै हुन भर्खरै बिवाह गरेर जीवनको नयाँ सुरुवात गरेका २५ वर्षीय शाही, श्रीमतीले शवलाई अंगालो हालेर धरधरी रोईंन (८ तस्विर सहित)

बाँकेको कोहलपुरमा भएको सडक दुर्घटनामा एक जनाको मृ’त्यु भएको छ भने दुईजना घाइते भएका छन् । कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठ क्क र खाँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ३ निवासी २५ वर्षीय वीरेन्द्र शाहीको मृ’त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, दुर्घटनामा परी घाइते हुनुभएका साइकल चालक छेडा नगरपालिका जाजरकोट निवासी प्रदीप आचार्यको अवस्था गम्भीर रहेको छ भने पैदलयात्री कोहलपुर ३ का १९ वर्षीय प्रकाश महतराको अवस्था सामान्य रहेको छ । घाइतेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस चालक फरार रहेका छन् ।

उनको मृत्यु पछि कोहलपुर चौराहामा गरिएको चक्काजाम गरिएको थियो भने किरण खोला नजिक जहाँ दुर्घटना भएको उक्त ठाउँमा टायर बालेर कारवाहीको माग गर्दै प्रदसन भएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरमा बस धनी, समिति, प्रहरी र पीडित पक्षबीच वार्ता हुने सहमती भएपछि दुई घण्टादेखिको च क्का जाम खुलेको हो । चक्काजाम साढे १२ बजेदेखि खुलेको थियो । दुर्घटना लगत्तै स्थानीयहरुले किरणनालामा समेत टायर बा लेर प्रदर्शन गरेका थिए । केही बेर उक्त सडकखण्ड त नावग्र स्त बनेको थियो ।

शाहीको केही हप्ता अघि मात्र बिवाह भएको थियो । उनि कोहलपुरका लोककल क्रिकेट खेलाडी पनि रहेको खुलेको छ । उनको मृत्यु पछि आज कोहलपुर सोकमा डु बे को छ भने उनका साथीभाई आफन्तले उनको तस्विर फेसबुकमा राखी श्रद्धाञ्जली अर्पण गर्दै यो घटनाले निकै दुखि तुल्याएको बताएका छन् ।

उनको मृत्यु पछि श्रीमती पनि अस्पतालमै पुगेर शाहीलाइ अंगालो हालेर भक्कानो छोडेर रोएकी थिईन जुन दृश्य निकै हृदयबिधारक थियो । जुन दृश्य देख्दा न रुने र आखा बाट आशु नझार्ने कोहि थिएनन ।

हेर्नुहोस केहि तस्विरहरु :

Related Articles

Back to top button