vada
Intresting

बाथरुममा निलो रङ्गको बाल्टी राख्नुका यतिधेरै फाईदा, वास्तुसँग छ रहस्यमयी सम्बन्ध

काठमाडौँ । बाथरुममा निलो रङ्गको बाल्टी राख्नु निकै लाभदायी हुन्छ। निलो रङ्गको बाल्टी बाथरुपमा राख्नाले सुख शान्ति, तथा संवृद्धिमा वृद्धि हुने विस्वास रहँदै आएको छ

तर बाल्टी भने कहिल्यै पनि खाली राख्नु हुँदैन। यसलाई सँधै भरी बनाएर राख्नुपर्छ । घरको बाथरुम देख्दा सामान्य लाग्छ तर यसमा पनि कैयौँ दोषहरु उत्पन्न हुन्छन्। जसले जीवनमा शुभ अशुभ फल दिन्छ । तपाईले यसमा ध्यान दिनुभएन भने गलत वास्तुको प्रभावले जीवनमा दुख परिरहन्छ।

बाथरुम घरको एक अनिवार्य क्षेत्र हो । यस स्थानको सम्बन्ध तपाईको धन लाभसँग पनि जोडिएको हुन्छ। वास्तुशास्त्र अनुसार बाथरुममा निलो रङ्को बाल्टी राख्नु निकै लाभदायी मानिन्छ । यसरी राख्नाले सुख शान्ति र सम्वृद्धि मिल्नेछ।

वास्तु अनुसार बाथरुमको ढोका अगाडि ऐना राख्नु अशुभ मानिन्छ। जब तपाई बाथरुमको ढोका खोल्नुहुन्छ भने नकारात्मक उर्जा ऐनामा देखिनेछ र घरमा पनि त्यस्तै प्रकारको किचलो उत्पन्न हुन्छ।

हामी बाथरुम प्रयागे गरेपछि ढोका खूल्लै छाडेर हिँड्छौँ। ढोका खुल्ला छोड्नु अशुभ मानिन्छ। यसले नकरात्मक ऊर्जालाई अर्कषण गर्दछ।

त्यस्तै तपाईको कोठाभित्रै बाथरुम छ भने पनि सँधै ढोका बन्द राख्ने गर्नुस् । किनकी वास्तुका अनुसार बेडरुम र बाथरुममा दुई अलग अलग ऊर्जा हुन्छ।

यसलाई एक आपसमा जुध्नु नराम्रो मानिन्छ । यसले स्वास्थ्यमा वास्तु र वैज्ञानिक दुवै दृष्टीले नराम्रो असर गर्दछ।

Related Articles

Back to top button