vada
News

नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाका पिता’को आफ्नै निवास’मा मृ’त्यु

पूर्व सञ्चारमन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटा’लाई पि’तृशोक परे’को छ ।

गोकुल बाँस्कोटाका पिता हरि प्रसाद बास्कोटाको आज मण्डन देउपुर नगरपालिका स्थित आफ्नै निवासमा आज साँझ साढे ५ बजे नि’धन भएको हो ।

पूर्व मन्त्री बाँस्कोटाका पिताको ९२ वर्षको उमेरमा नि’धन भए’को पारीवारीक श्रोतले जनाएको छ । हरि प्रसाद बास्कोटाका गोकुल, केशव, उद्धव र माधव बास्कोटा सहित चार दाजुभाइ छन ।

यो पनि पढ्नुहोस् , प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ताको साथ लिएर वनसँग सम्बन्धित नीतिहरु बनाउने बताएका छन् । वनको अधिकतम सुरक्षा र विकास गरी अधिकतम प्रतिफल लिने कुरामा सन्तुलन कायम गर्ने पनि उनले बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद् भेलाको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको सुरक्षा र संरक्षणका निम्ति नीति बनाउने बताए ।

प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन सखाप पारिएको भन्दै अब दिगो वन विकासको नीति बनाउने बताए । उहाँले भने, ‘वैज्ञानिक वन व्यवस्थापनको नाममा वन सखाप पार्ने नीति हो भन्नेचाहिँ ठानेको थिइनँ । वैज्ञानिक भनेपछि राम्रो होला भनेको त वैज्ञानिकको नाममा त सखाप नीति रैछ । त्यो सखाप नीति होइन, वैज्ञानिक नीति हुनुपर्‍यो । दिगो वन विकास नीति हुनुपर्‍यो ।’

Related Articles

Back to top button