vada
News

दुईवटा ट्रक एक आपसमा जुधे, दुवै चालकको निधन, सहचालकहरु घाइते

काठमाडौ । नवलपरासीमा भएको एक ठूलो दुर्घटनामा दुई जनाको निधन भएको छ । महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कौलीमा दुईवटा ट्रक एक आपसमा ठ क्क र खाँदा दुवै ट्रक चालकको निधन भएको छ । दुर्घटनामा थप दुई जना घाइते छन् । घटना मध्यरातमा भएको हो ।

इलाका प्रहरी कार्यालय रजहरका अनुसार सोमबार राति साढे १२ बजे भएको दुर्घटनामा पोखराका खिमबहादुर विक र मकवानपुरका राजकुमार न्यौपानेको निधन भएको हो । दुवै जना ट्रक चालक हुन् । दुर्घटनामा ग म्भि र घाइते भएका चालकहरुको डन्डास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

दुवै ट्रकका सहचालकहरु विश्वास साही र घनश्याम खड्का घाइते भएका छन् । उनीहरूको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । विपरीत दिशाबाट आउँदै गरेका ना३ख ३०११ र ना७ख ७०२३ नम्बरका ट्रक जुधेका हुन् ।

Related Articles

Back to top button