News

हुन्डाई ‘कोना र आयोनिक’ इलेक्ट्रीकको नयाँ मूल्य सार्वजनिक

काठमाडौं । नेपालको लागि हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना इलेक्ट्रीक कार कोना र आयोनिकको नयाँ मूल्य सार्वजनिक गरेको छ ।

सरकारले भन्सार, अन्तःशुल्क र सडक निर्माण दस्तुरमा वृद्धिगरेसँगै यी कारको नयाँ मूल्य सार्वजनिक गरिएको थिएन । तर, सरकारले बढेको अन्तःशुल्कमा छुट घोषणा गरेसँगै नयाँ मूल्य कायम भएको हो । सरकारले छुट घोषणा गरेपछि यसअघि ४० प्रतिशत लाग्ने कोनामा १० र ५० प्रतिशत अन्तःशुल्क लगाइएको कोनामा १५ प्रतिशत मात्रै अन्तःशुल्क निर्धारणा भएपछि कम्पनीले नयाँ मूल्य सार्वजनिक गरेको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

कम्पनीले बिक्री वितरण गर्दै आएको १०० किलोवाट क्षमताको मोटर जडान भएको कोनाको नयाँ मूल्य ७६ लाख ९६ हजार र १५० किलोवाट क्षमताको मोटर जडान भएको कोनाको नयाँ मूल्य ९४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ ।

यसअघि यी दुबै मोडलको मूल्य क्रमश ५५ लाख ५६ हजार र ६५ लाख ५६ हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको थियो । त्यस्तै ५५ लाख ५६ हजार मूल्य निर्धारण गरेर बिक्री गर्दै आएको १०० किलोवाट क्षमताको मोटरयुक्त आयोनिकको नयाँ मूल्य ७६ लाख ९६ हजार तोकिएको छ ।

कोना इलेक्ट्रीक

नेपालमा बिक्री सुरु गरेसँगै निकै सफल मानिएको इलेक्ट्रीक एसयूभी कोना दुई व्याट्री प्याकमा उपलब्ध रहेको छ । जसमा ३९.२ किलोवाट आवरको व्याट्री र १०० किलोवाट क्षमताको मोटर भएको एक र ६४ किलोवाट आवरको व्याट्री र १५० किलोवाट क्षमताको मोर रहेको अर्को भेरियन्टगरि दुई भेरियन्ट उपलब्ध रहेको छ ।

लिथियम आयन ब्याट्रीको प्रयोग गरिएको यी गाडीको व्याट्रीलाई डिसी फास्ट चार्जरबाट चार्जगर्दा ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । सिंगल चार्जमा सानो व्याट्रीले ३०० किलोमिटर रेञ्ज प्रदान गर्छ भने ६४ किलोवाटको व्याट्रीले ४८० किलोमिटरसम्म रेञ्ज प्रदान गर्नेछ ।

सुरक्षाको हिसावले अत्यन्त सुरक्षीत रहेको यस गाडीमा ६ वटा एयरब्याग, अटो होल्ड, प्याडल सिफ्टर, क्रुज कन्ट्रोल, लेन सेन्ट्रिङ सिस्टम, रियर क्रस–ट्राफिक अलर्ट, हिल असिस्ट कन्ट्रोल तथा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टमजस्ता अत्याधुनिक फिचरहरु रहेका छन् ।

आयोनिक इलेक्ट्रीक

हुन्डाईको प्रिमियम इलेक्ट्रीक सेडान आयोनिक पनि पछिल्लो दिनमा निकै सफल हुँदै गएको थियो । विद्युतीय कार नयाँ आयोनिकमा कम्पनीले व्यापक परिवर्तन गरेर नेपाल ल्याएको थियो । यसमा ३८.३ किलोवाट आवरको व्याट्री र १०० किलोवाट क्षमताको मोटर उपलब्ध रहेको छ ।

यसलाई एक पटकको फुल चार्जमा २७४ किलोमिटर चलाउन सकिने छ । डब्ल्यूएलटीपीको अनुसार उक्त कारले एक पटकको फुल चार्जमा ३१० किलोमिटर रेञ्ज प्रदान गर्ने छ ।

यसमा दिइएको व्याट्रीलाई १०० किलोवाटको फास्ट चार्जरबाट चार्जगर्दा ८० प्रतिशत चार्जगर्न ५४ मिनेट मात्र लाग्ने छ भने ७ किलोवाटको चार्जरले घरमै चार्जगर्दा ८० प्रतिशत चार्ज गर्न ६ घन्टा ५ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

यसमा दिइएको सबै लाइटहरु एलइडी प्रयोग गरिएको छ भने १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले कारको ड्यास बोर्डलाई प्रिमियम देखाएको छ । नयाँ मोडलमा एयर भेन्टहरु पनि नयाँ ठाउँमा राखिएको छ ।

वायरलेस फोन चार्जिङ, डिउल जोन क्लाइमेट कन्ट्रोल, प्रिमियम सिट, भ्यान्टीलेटेड, हिटेड र इलेक्ट्रीकल्ली एड्जस्टेवल सिट, सबैतिर पार्किङ सेन्सर जस्ता फिचर यसमा उपलब्ध रहेको छ ।

Related Articles

Back to top button
Close