vada
News

‘रामायण’ मा ऋतिक होइन महेश बाबू राम बन्दै, दीपिका सिता बन्ने

काठमाडौं – ‘दंगल’ फेम्ड निर्देशक नितेश तिवारीले फिल्म ‘रामायण’ निर्माण गर्ने भएका छन् । यस फिल्ममा केही समयदेखि ऋतिक रोशनलाई राम बनाइने चर्चा चलेको थियो । तर अब भने ऋतिक राम नबन्ने बताइएको छ ।

उनको स्थानमा साउथ स्टार महेश बाबू लाई राम बनाउन लागिएको भारतिय मिडियामा बताइएको छ । अब फिल्ममा भगवान रामको भूमिकामा महेश र सिताको धूमिकामा अभिनेत्री दीपिका पादुकोण हुनेछिन् ।

१९८७ मा पहिलो पटक रामायण ग्रन्थमाथि टेलिभिजन श्रृङ्खला बनेको थियो । अब भने फिल्म रामायण ठुलो पर्दामा देख्न पाइने भएको छ । यस फिल्मलाई लिएर निर्माता मधु मेन्टाना उत्साहित भएका छन् ।

महँगो लगानीमा निर्माण हुने यस फिल्ममालाई अल्लू अरविन्द, नमित मल्होत्रा र मधु मेन्टानाले निर्माण गर्ने भारतिय मिडियामा बताइएको छ । फिल्म तमिल र तेलुगू भाषामा रिलिज गरिनेछ ।

Related Articles

Back to top button