vada
News

लगातार घट्दै सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं – शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार तोलामा ५ सय रुपैयाले घटेको सुनको मूल्य आज पनि तोलामा ५ सय रुपैयाँले घटेको हो ।

बिहिबार प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८८ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाले घटेर तोलाको १३ सय ३५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button