vada
Video

उर्लावारी घटनामा प्रविणको भिसेरा रिपोर्ट आएपछि खुल्यो यस्तो वास्तविकता, उर्लावारी प्रहरीले लापरवाही गरेपछि जिल्ला प्रहरीले लियो अनुसन्धानको जिम्मा (भिडियो हेर्नुस्)

काठमाडौ । मोरङको उर्लाबारी ५ का ३१ वर्षीय प्रविण बास्तोलाको सन्देहपूर्ण निधन भएको घटनालाई अहिले जिल्ला प्रहरी कार्यालयले हेर्न थालेको छ । उर्लावारी प्रहरी कार्यालयवाट भएको अनुसन्धानमा प्रविणका परिवार सन्तुष्ट हुन नसकेपछि यो विषय जिल्लामा पुगेको हो ।

उर्लावारी प्रहरी कार्यालय प्रमुखले यो घटनाको अनुसन्धानमा लापरवाही गरेको आरोप प्रविणका परिवारको छ । प्रविणको ठाउँमा अर्कै ब्यक्तिको तस्बिर मि सि ल मा राखेर घटनालाई कमजोर बनाउने प्रयास गरेको आरोप प्रविणको परिवारले लगाएको छ । प्रविण घटनाको पोष्टमार्टम रिपोर्ट र भिसेरा परिक्षण पछि जिल्ला प्रहरी कार्यालयले फरक ढंगले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरी प्रमुखले यसवारे जानकारी गराएका हुन् । घटनामा ६ जनाविरुद्ध अदालतमा मु द्दा दर्ता भएको छ। प्रविणको २ महिना अघि साथीको कोठामा निधन भएको थियो ।

लामो समयको संघर्ष पछि बहिनी सदिक्षाले जिल्ला अदालत मोरङमा मु द्दा दर्ता गराउन सफल भएकी हुन् । बास्तोलाको घटनामा सं ल ग्न भएको आरोपमा कुमार राई र मेहरमान दर्जीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

राई र दर्जीसँगै आरोप लागेका उर्लाबारी नगरपालिका ६ का राजेश रणपहेली, सुदीप परियार, दीपेश पौडेल र रमेश गिरीविरुद्ध अदालतमा मु द्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।

Related Articles

Back to top button