vada
Video

TikTok मा रुदै ‘फोटो फिरिममा’ गाउने ५ बर्षे नानी रचना रिमाललाई भेट्न आईन् । रचनाले धेरै उपहार दिईन् (भिडियो हेर्नुस)

टिकटकमा रुदै फोटो फिरिममा गाउने ५ बर्षकी राजज्ञ श्रेष्ठले फोटो फिरिममा टिकटक कम्पिटिशन जितेकी छिन् । उनलाई गीतकी गायिका रचना रिमालले नगद रु १५००० र प्रमाण पत्र हस्तान्तरण गरिन् । उपहार जित्दा राजज्ञ खुशी हुँदै फोटो फिरिममा सुनाईन् ।

शिशिर भण्डारीको शव्द तथा सँगीत रहेको गीतको फिमेल भर्सनका लागि टिकटक प्रतियोगिता आयोजना गरिएको थियो । जसमा धेरैले सहभागिता जनाएका थिए । ५ बर्षकी राजज्ञको भिडियोले टिकटकमा ८० हजार भन्दा बढि लाईक पाउँदै उहार जित्न सफल भएको हो ।

गायिका रचना रिमालसँगको भेटमा टिकटक बनाउँदंदै राजज्ञले आफ्नो पनि भविष्यमा ठुलो गायिका बन्ने सपना रहेको बताईन् । यता रचनाले पनि आफु सानै देखि गाउने गरेको अनुभव सुनाईन् । ममिले छोडेर मामाघर गएपछि राजज्ञले रुदै फोटो फिरिममा गाएकी थिईन्, उनको बुवाले भने । भिडियो हेर्नुस

Related Articles

Back to top button