vada
Video

गुल्मीमा अनौठो घटना ! कम्मर मुनी लुगा नै नभएको अवस्थामा ससुरा मृत भेटिए, बुहारी प्रहरी नियन्त्रणमा (भिडियो हेर्नुस्)

काठमाडौ । गुल्मीमा फेरी परिवार भित्रै ह ‘त्या को घटना भएको छ । बुहारीले ससुराको ह ‘त्या गरेको परिवारका सदस्यको भनाई छ । बुहारीले र क्सी खाएको र त्यसैको मा त मा घटना भएको गाउँले र परिवारका सदस्यको भनाई छ । ससुरा पण्डित हुन् । घटनास्थलमा जनै र पैसा छरिएको अवस्थामा फेला परेको थियो । ससुराको शरिरमा पनि आधा कपडा मात्र थियो । शव विस्तरामा थियो । उनको शरिरमा चो ट पनि देखिएको थियो ।

८७ वर्षीय नन्दकुमार ज्ञवालीलाई ४१ वर्षीया मनकला ज्ञवालीले घटना गराएको आफन्तको भनाई हो । मनकलाले घटना भएको दिन र क्सी खा ए र आएको स्थानियले बताएका छन् । करिब ७ वजे तिर घटना भएको र बुहारी मनकलाले जेठाजुलाई फोन गरेर बुवाको निधन भयो भनेर जानकारी दिएकी थिइन् । जेठाजु आएर बुवाको शव उठाए । त्यती बेला तन्नाले उनको शव छोपिएको र कम्मर तल कपडा नै नभएको अवस्थामा देखेका थिए ।

उनको टाउकोमा चो ट पनि देखिएको, जनै भुईमा र पैसा पनि छरिएको अवस्थामा देखिएपछि घटना रहस्यमय भन्दै प्रहरीले छानविन सुरु गरेको छ । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा बुहारी मनकलालाई पक्राउ गरी सार्वजनिक समेत गरेको छ । घटनास्थलको प्रकृति हेर्दा प्रहरीले पनि रहस्यमय भन्दै छानविन थालेको र अनुसन्धान जारी रहेको जनाएको छ ।

घटना भएको घरमा ससुरा बुहारी बस्दै आएका थिए । स्थानियहरु रोएको आवाज सुनेपछि घरमा आएका थिए । त्यतीबेला बुहारी रुँदै बसेको अवस्थामा आफुहरुले देखेको बताएका छन् । रातीमा जेठा छोराले बुवा निधन भएको खबर आयो जाउँ भनेर गाउँलेलाई लिएर आउँदा त्यस्तो अवस्था देखिएको बताएका छन् ।

Related Articles

Back to top button