vada
News

अस्पतालबाट बाबुरामले भने : लोकतन्त्र रक्षाको खबर सुन्दा रोगै हराए झैं भो!

काठमाडाैं : उपचारारार्थ भारतमा रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टाराईले संसद् पुनर्स्थापना भएको प्रति खुसी जनाउँदै सर्वोच्चको फैसला सुखद् भएको अभिव्यक्ति दिएका छन्।

सर्वोच्चले अदालतले संसद पुनर्स्थापना भएको फैसला दिएपछि फोटोसहित एक ट्विट गर्दै अस्पतालको बेडबाटै जसपा संघीय परिषद् अध्यक्ष भट्टराईले स्वास्थ्य परीक्षण पर्खँदा पर्खँदै मनचाहिँ देशभित्रको सर्वोच्चको फैसलातिर गएको लेखेका छन्।

उनले लेखेका छन्– कस्तो सुखद् संयोग!अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरेझैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैंभो!

Related Articles

Back to top button