vada
Video

रवि लामिछानेले दाईको खुट्टा ढोग्दै गरे नयाँ कार्यक्रमको घोषणा, यस्तो छ उनको नयाँ कार्यक्रम (भिडियो हेर्नुस्)

काठमाडौ । टेलिभिजनका चर्चित सेलिब्रेटी रवि लामिछाने नयाँ कार्यक्रम लिएर आएको घोषणा गरेका छन् । हालै न्यूज २४ छोडेपछि यस्तै कार्यक्रम गर्ने भन्दै देशैभर पुगेका रविले नयाँ टेलिभिजन मार्फत सिधा कुरा जनतासँग ल्याउन लागेको बताएका हुन् ।

उनी सोमबार ट्वीटरमा यसबारे जानकारी गराएका थिए । उनले लेखेका थिए,भोलि बाट नयाँ यात्राको शुरूवात गर्दैछौं । बिस्तृतमा भोलि बिहान ११ः४५ बजे पछी विभिन्न माध्यमबाट जानकारी गराउछौ ।ु उनको नयाँ कार्यक्रम बारे यसअघि नै सबैले अनुमान लगाइसकेका छन् ।

उनी ग्यालेक्सी टेलिभिजन मार्फत आउने यसअघि समाचारहरु बाहिरीएका थिए । पछिल्लो समय सिधा कुरा जनतासँग भन्ने कार्यक्रम न्यूज २४ ले अकैं प्रस्तोता मार्फत चलाएको छ भने रविले उक्त कार्यक्रमको नाममा आफ्नो अधिकार रहेको बताएका छन् ।

उनले नयाँ कार्यक्रमका बारेमा घोषणा गर्दै पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि कुरा राखेका छन् । राजनीतिक अवस्थाले आफ्नो कार्यक्रमलाई कुनै समस्या नपर्ने भन्दै जुनसुकै राजनीतिक ब्यवस्थाले पनि सर्वसाधारणको विषयलाई महत्व नदिएको बताए ।

उनले पहिले जस्तै ठूला र राजनीतिकर्मीलाई भन्दा पनि सर्वसाधारणलाई आफ्नो कार्यक्रममा समेट्ने बताएका छन् । सर्वसाधारणलाई कार्यक्रममा हेडलाइन बनाउने पनि बताएका छन् ।

Related Articles

Back to top button