vada
News

घट्यो खाने तेलको मूल्य

काठमाडौँ । केही समयदेखि बढेको खाने तेलको मूल्य घट्न थालेको छ । अहिले बजारमा खानेतेलको मूल्य लिटरको २ सय १० देखि माथि रहेको छ । यसैबीच तेलको तेलको मूल्य लिटरमा ५ देखि १० रुपियाँसम्म घटेको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा तेलको मूल्य घटेर आएको जनाइएको छ ।

गएको दशैको समयदेखि तेलको मूल्य लिटरमा ६० रुपियाँसम्म बढेको थियो । तेलको मूल्य बढेपछि विभागले तेलकाने मूल्य बढ्नुको कारण पेस गर्न उद्योगीलाई निर्देशन दिएको थियो ।

खाने तेलको मूल्य घटेपनि उपभोक्ताले भने तेलको भाउ घटेको अनुभूति गर्न पाएका छैनन् । अहिले तेल उत्पादन गर्न चाहिने कच्चा पदार्थको भाउ घट्न थालेपछि तेलको मूल्य पनि घटेको हो ।

Related Articles

Back to top button