vada
News

आजदेखि नयाँ कार्यक्रम सुरु गर्दै रवि लामिछाने

काठमाडौं । चर्चित टेलिभजन प्रस्तोता रवि लामिछानेले नयाँ कार्यक्रम शुरु गर्ने भएका छन् । न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम छाडेपछि उनले नयाँ कार्यक्रम सुरु गर्ने तयारी गरेका हुन् ।

आफुले मंगलबारबाट नयाँ कार्यक्रम सुरु बारे लामिछानेले सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले मंगलबारबाट नयाँ यात्राको शुरूवात गरेको बताएका छन् ।

उनले भनेका छन् – ‘भोलि बाट नयाँ यात्राको शुरूवात गर्दैछौं। बिस्तृतमा भोलि बिहान ११स्४५ बजे पछी विभिन्न माध्यमबाट जानकारी गराउछौ।’

Related Articles

Back to top button