vada
News

अभिनेता पल शाहले आज आफ्नो ३१ औं जन्मदिन मनाउँदै

काठमाडौँ, नेपाली फिल्मका अहिलेका हटकेक अभिनेता पल शाह सोमवार आफ्नो ३१ औं जन्मदिन मनाउँदैछन् । २०४६ साल फागुन १० गते दाङमा जन्मिएका उनले म्यूजिक भिडियाबाट नेपाली फिल्ममा फड्को मारेका हुन् । निर्देशक विकासराज आचार्यले फिल्म ‘नाईं नभन्नू ल ४’ बाट उनलाई लिड हिरोको रुपमा ब्रेक दिएका थिए ।

उनको पहिलो फिल्म नै बक्सअफिसमा हिट भएको थियो । अभिनयको आलोचना हुने गरेको भए पनि उनले आजसम्म करिअर फर्केर हेर्नुपरेको छैन । फिल्म ‘म यस्तो गाीत गाउँछु’ को सफलताले करिअरको उत्कर्षमा पुगेका उनले ‘जोनी जेन्टलम्यान, शत्रु गते, वीर विक्रम २’ मा नायकको रुपमा काम गरिसकेका छन् भने ‘म यस्तो गाीत गाउँछु २’ प्रदर्शनको तयारीमा छ ।

त्यस्तै, उनको पाइपलाइनमा ‘दुई नम्बरी, सत्यम् र हुतुतु’ छन् । म्यूजिक भिडियोमा काम गर्न थालेपछि पूर्ण विक्रम शाहबाट पल शाह भएका उनी दाङबाट काठमाडौं हिरो बन्न आएका थिएनन् । एसएलसी पास गरेर उनी आर्मी बन्न काठमाडौं छिरेका थिए ।

त्यसबेला उनी भर्खर १८ वर्षका थिए । काठमाडौं आएपछि उनले आफू र आफ्नो परिवारको आर्मी बन्ने सपना त्यागेर अर्कै बाटो हिँडे । जसकारण आज उनी सफल नायक र मोडल बनेका छन् । आमा-बुबाको न्यानो काख छाडेर जन्मथलो दाङबाट सपनाको शहर काठमाडौं आएपछि उनका कठोर संघर्षका दिनहरु सुरु भए ।

काठमाडौंमा टिक्न उनले दिउँसो कलेज जाने र साँझमा ट्याक्सी चलाउने योजना बनाए । ट्याक्सी चलाउन उनले तीन महिना ड्राइभिङ पनि सिके । तर, लाइसेन्सका लागि आवेदन दिन जाँदा १८ वर्ष पूरा नभएका कारण उनको फाराम नै दर्ता भएन । ड्राइभर बन्न नसकेर निराश भएका पललाई मामाका छोरा नितिन चन्द (जोनी जेन्टलम्यान निर्देशक) र नमित चन्द (मोडल) ले एडिटिङ सिक्न सल्लाह दिए ।

यो नै उनका लागि कला क्षेत्रमा प्रवेश गर्ने बाटो बनेको थियो । एडिटिङ सिकेपछि उनले एनटिभी प्लस र तराई टिभीमा एडिटिरको रुपमा काम गरे । उनले भारत पुगेर ‘टि–सिरिज’ मा ११ महिना एनिमेसन पनि सिकेका थिए । आर्थिक संकटका कारण तराई टिभी बन्द भएपछि ११ महिनाको तलब नपाउँदा कोठा भाडा तिर्न नसकेर घरबेटीले उनको कोठामा ताला नै लगाइदिएका थिए ।

उनीसँग खाजा खाने पैसा समेत हुन्न थियो । उधारो खाएको पसलबाट लुकेर हिँड्थे । आज उनै पलको भाग्य बदलिएको छ । कुनै समय कोठाभाडा तिर्न पैसा नहुने उनी अब काठमाडौंमा आफ्नै कमाईले घर किन्दैछन् ।

यो पनि पढ्नुहोस:

चर्चित हाँस्यटेलिसिरियल ‘सक्किगो नि’ मा बले पात्रको भुमिका निभाउँदै आएका हाँस्यकलाकार सागर लम्साल क्षेत्रीको आज शुभ जन्मदिन परेको छ । उनको जन्म स्याङ्जा जिल्लाको बिरुवा न’गरपालिकामा बुबा राजेन्द्र लम्साल र आमा शशी लम्सालको कोखबाट भएको हो ।

‘सक्किगो नि’ टेलिसिरियल सँगै म्युजिक भिडियोमा ब्यस्त रहेका सागर लम्सालको पछिल्लो समय सामाजिक सञ्जालमा प्रेम चर्चा व्यापक चलिरहेको छ । त्यस्तै केहि समय पहिले बले र टिकटक बाट चर्चामा आएकी प्रिज्मा खतिवडाको प्रेम चर्चामा आयो । उनीहरुले पनि प्रेम स्वी’कार गरिसकेका छन भने अब छिट्टै बिहेको तयारीमा रहेको पनि बताई सकेका छन ।

“स-परिवार क्या’नडा रहेकाले सागरलाई पनि क्यानडा जान द’बाब थियो” तर,आफूले क्या’नडाको भिसा च्या’तेर क’लाकारितामा लागेको सा’गरले बताउँदै आएको छ । उनले अ’भिनय यात्रा चलचित्र ‘लो’फर’ बाट सुरु गरेका हुन् । आफ्नै साथीले नि’र्माण गरेको च’लचित्र हुनाले यस क्षेत्रमा डे’व्यु गर्न खासै कठिनाइ नभएको पनि बताउँछन् ।

लोफर पछि उनले नि’र्माता छविराज ओझाको “लज्जा” चलचित्रमा पनि अभिनय गरेका थिए । एकाएक हाँ’स्यटेलिसिरियल भद्रगोलमा खेल्न लेखक तथा निर्देशक कुमार कट्टेलले अ’नुरोध गरेपछि’ सागरको टेलिसिरियलमा इन्ट्री भएको थियो । सायद उनलाई पनि थाहा थिएन होला सि’रियलबाट यतिधेरै चर्चामा आइन्छ भनेर, तर रातारात चर्चाको शिखरमा पुगेका सागर लम्सालको अहिले पनि चर्चा लो’भलाग्दो छ ।

जन्म दिनकै अवसरमा बलेले आफ्नो अफिसीएल युट्युब च्यानल बले इ’न्टरटेनमेन्टमार्फत साडी मलमल बोलको गीत सार्बजनिक गरेका छन्। आईतबार बलेले प्रेस मिट गर्दै जन्मदिन मनाएका छन्। र केक समेत काटेका छन्। बलेको ज’न्मदीनमा धेरै कलाकार हरु उपस्थिति भएका थिए। खास गरि प्रिस्मा, प्रिनसी बलेले प्रिस्माको बिषयमा पनि आफ्नो अ’भिवाक्ति दिएका छन्। बले भन्छन मेरो लागि प्रिस्मा, प्रिनसी दुवै एक हुन्। र बले ले प्रेमिका पनि सार्बजनिक गरेका छन् ।

Related Articles

Back to top button