vada
News

बारा बाट काठमाडौ आउँदै गरेको ट्रकवाट युवतीले लु टि न ८८ लाखको हर्लिक्स, २ महिना पछि रहस्य खुल्दा प्रहरी पनि चकित्

काठमाडौं । बाराबाट काठमाडौं हर्लिक्स डेलिभरी गर्नुपर्ने थियो । करिब ८८ लाखको हर्लिक्स लोड गरेर पुस ३ मा साँझ ७ बजेतिर बाराबाट ट्रक काठमाडौंतर्फ हिँड्यो । सो ट्रक बाराकै लोकेन्द्रकुमार शाहले चलाएका थिए । उनलाई काठमाडौवाट एक जनाले फोन गरेर आफ्नो श्रीमती सोही ट्रकमा काठमाडौ ल्याइदिन भने । बीच वाटोमा पुगेपछि एउटी युवती सो ट्रकमा चढिन ।

ना ५ ख १८४५ नम्बरको ट्रकमा १६ टन हर्लिक्स थियो । बीच वाटोमा आएपछि उनीहरुले खाना खाए । खाना खाएपछि ति युवतीले उनीहरुलाई फ्रुटी खान दिएकी थिइन् । त्यसपछि उनीहरुलाई के भयो केही थाहा छैन । एकैपटक थानकोट निर ट्रक दुर्घटना परेको र प्रहरीले आफुलाई उद्दार गरेको मात्र थाहा छ ।

घटना भएको दुई महिना पछि प्रहरीले अनौठो कुरा पत्ता लगायो । चालकलाई बीच बाटोमा हनि ट्र या पि ङमार्फत बे हो स बनाएर काठमाडौं ल्याइएको सो ट्रकको हर्लिक्स गुहेश्वरीमा अनलोड गरेको पत्ता लागेको हो । घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताएका छन् ।

मकवानपुरको मनहरीमा चालकले खाना खाँदा युवतीले फ्रुटीमा ला गु औ ष ध मिसाएको अनुसन्धानबाट थाहा भएको छ । हर्लिक्स थापाथलीमा अनलोड गर्नुपर्ने थियो । तर, सो समूहले गुहेश्वरीस्थित अस्थायी गोदाममा लगेर अनलोड गरे ।

प्रहरीले पक्रेको दुई दिनपछि लोकेन्द्र होस खुल्यो उनले प्रहरीसंग भने ‘अपरिचित युवतीले दिएको फ्रुटी खाएको थिएँ, पक्राउ परेपछि मात्रै म काठमाडौंमा रहेको थाहा पाएँ, गाडीमा रहेको हर्लिक्स चोरी भयो ’

दुई महिना पछि प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सस्तो मूल्यमा हर्लिक्स किन्ने कालिमाटीका दुईजना ब्यापारी पनि छन् । हर्लिक्स किन्ने व्यापारीहरु ईश्वर भट्टराई, सुरेन्द्र लम्साल, खाद्यान्नको डिलर चलाउने सरोज बस्नेत र भारतिय नागरिक आदित्यकुमार सिंह रहेको प्रहरीले जनाएको छ ।

युवती र अन्य केही ब्यक्तिको प्रहरीले खोजी जारी राखेको छ । हनि ट्र या प मा पारेर न शा लु प दा र्थ खु वा एपछि योजनाबद्ध रुपमा सो समूहका चारजना मिलेर सो ट्रक काठमाडौं ल्याएका थिए । हर्लिक्स गुहेश्वरीमा अनलोड गरेपछि बालाजु हुँदै उनीहरुले ट्रक नागढुंगा पुर्याए ।

‘नागढुंगा पार गराएर लोकेन्द्रलाई सो समूहले ट्रक जिम्मा लगाएको हुनुपर्छ’ अनुसन्धनमा संलग्न एक प्रहरी अधिकृतले भने–‘राम्रोसँग चेत नखुल्दै लोकेन्द्रलाई ट्रक जिम्मा लगाएर सो समूहले दुर्घटना गराएर आफ्नो संलग्नता सँधैका लागि मोड्ने प्रयास गरेको देखिन्छ ।’ रातोपाटीमा राजेश भण्डारीले यो समाचार लेखेको छ ।

Related Articles

Back to top button