News

नेपाली बजारमा आयो यामाहाको नयाँ डर्ट बाइक, कति पर्छ मूल्य ?

काठमाडौं । बाइकमा साहसीक यात्रा गर्न रुचाउनेहरुका लागि नेपाली बजारमा यामाहाको नयाँ डर्ट बाइक एक्सटीजेड १५० उपलब्ध भएको छ । सोही डर्ट बाइकको सेगमेन्टमा अर्को प्रोडक्ट पनि नेपाली बजारमा विक्री भइरहेको छ ।

अफरोड तथा एड्भेन्चर बाइकको रुपमा पहिचान बनाएको यो बाइकले पहिले १२५ सीसीको यामाहा एक्सटीजेड थियो भने अहिले त्यो भन्दा माथिल्लो भर्सन चाहनेका लागि १५० सीसीमा उपलब्ध हुन थालेको हो ।

यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले देशभरका विभिन्न डिलरहरुमा सो बाइक बिक्रीका लागि उपलब्ध गराएको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

१२४ केजी बाइकको लम्बाई २०४९ एमएम, चौडाई ८२९ एमएम र उचाई ११५९ एमएम रहेको छ । ४ लाख ७५ हजार रुपैयाँ मूल्य तोकिएको यसको अगाडिको चक्कामा २४५ एमएम र पछाडि २०३ एमएमको हाइड्रोलिक डिस ब्रेक रहेको छ ।

Related Articles

Back to top button
Close