vada
Video

बिहे गरि ल्याएको भोलीपल्टै बेहुलीले छोडेको सहन नसकेका कन्चनको यस्तो गम्भीर अबस्था, अब भगवान भरोसामा पुगे कन्चन (भिडियो)

काठमाडौ । सामाजिक सञ्जालमा करिब डेढ महिना देखि कञ्चन र अनिषाको बारेमा निकै चर्चा भएको छ । कञ्चनको उपचार ४५ दिन देखि जारी छ । यति लामो समय उपचार गराउँदा पनि उनको स्वास्थ्यमा चाहेजस्तो सुधार आउन सकेको छैन । उनी केही दिन अघि बोल्न सक्ने भएका थिए । तर अहिले उनलाई फेरी निमोनिया भएको कारण अवस्था विग्रिएको हो ।

उनको हात खुट्टा चल्दैनन् । त्यसैले थेरापी पनि सुरु गरिएको छ । उनले आफुले भोगेको पी डा को बोरेमा अर्ध चेतमा केही बताएका पनि छन् । नेपालको कानुन अनुसार उनीहरुको प्रेम र विवाह गर्ने उमेर भएको थिएन । सानै उमेरमा प्रेममा परेका उनीहरुले विवाह त गरे तर त्यो विवाह लामो समय सम्म टिक्न सकेन ।

चितवनवाट काठमाडौ पुगेर कञ्चनको आमाको अगाडी विवाह गरेको भोलीपल्टै बेहुलीले आफ्नो माइतीको दवावमा कञ्चनलाई आफुले प्रेम नगरेको बताइदिइन् । उनलाई प्रहरी कार्यालय लगियो । प्रेमिकावाट अलग गराइयो ।

त्यसपछि उनीहरुको सम्बन्धमा परिवर्तन आयो । त्यो सबै अवस्थाको सामना कञ्चनले सहन सकेनन् । कोठामा फर्किएर वि ष खा ए । अहिले उनको आइसियुमा उपचार भइरहेको छ । दुई साताको उपचार पछि होसमा फर्किएका कञ्चनलाई फेरी अन्य रोग बल्झिएपछि फेरी आइसियुमा सारिएको छ । आमाले एक्लै हुर्काएकी थिइन् कञ्चनलाई । होसमा आएपछि पनि उनले प्रेमिकालाई नै याद गरेका छन् । अझै कञ्चनलाई कति दिन अस्पतालमा राख्नुपर्छ भन्ने एकिन पनि भएको छैन ।
भिडियाे

Related Articles

Back to top button