vada
News

माेटरसाइकल दुर्घटनामा परेर ग्लोबल आइएमई बैंकका शाखा प्रमुखकाे ज्यान गयाे

काठमाण्डाै – पूर्वपश्चिम राजमार्गको मेचीनगर १३ मा रहेकाे झापा​काे चारआलीमा मोटरसाइकल दुर्घटना परेर ग्लोबल आईएमई बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको ज्यान गएको छ ।

शुक्रवार मे ११ प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए । घाइते आचार्यको बिर्तामोडमा रहेकाे बीएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा रहेका दुई जना घाइते भएर उपचार भइरहेको छ । दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Related Articles

Back to top button