vada
International

महंगो कार चढ्ने बलिउडका यी चर्चित कलाकार, मुल्य सुनेर चकित हुनुहुनेछ

बलिउड कलाकारको सानदार महंगो कारसँग केही बढी नै प्रेम छ । पैसाको अभाव नहुने यी कलाकारहरु आफूले मनपराएका महंगा कार चढ्न खप्पिस छन् ।

अभिनेता वरुण धवन मर्सिडीज बेन्ज चढ्छन् । प्रायः स्पार्किङ सिल्भर मर्सिडीज बेन्ज जीएलएस ३५० डीमा उनलाई देखिन्छ । यो कारको मूल्य ८८ लाख रुपैंयाँ छ । यो गाडी बलिउडका कलाकारमाझ निकै लोकप्रिय छ ।

अभिनेता टाइगर श्राफको एक सेतो बीएमडब्ल्यू ५ सिरिज छ । यसमा रिमोट कन्ट्रोल पार्किङ, वायरलेस चार्जिङ र जेस्चर कन्ट्रोल जस्ता कैयौं फिचर छन् । बीएमडब्ल्यू ५ सिरिज एबीएसका साथ डाइनामिक ट्रेक्सन कन्ट्रोल, कार्नरिङ ब्रेक कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता सुविधा छन् । यसको मूल्य ८९ लाख भन्दा बढी नै पर्दछ ।

अभिनेत्री कियारा आडवाणी सँग मर्सिडीज बेन्ज इ क्लास छ । जसको मूल्यमा ५७ लाख १७ हजार पर्छ । यो कार कियारासहित अजय देवगन, प्रियंका चोपडा, सैफ अली खान र सलमान खानसँग पनि छ ।

अभिनेत्री जान्हवी कपूर प्रायः कालो मर्सिडीज मबैकमा देखिन्छिन् । २२ वर्षकी उनको कारको आमा श्रीदेवीसँग ठूलो सम्बन्ध छ । त्यही कारण पनि जान्हवीलाई यो कार प्रिय लाग्छ । यो कारको मूल्य १ करोड ९९ लाख रुपैंयाँ पर्दछ ।

अभिनेता रणवीर कपूरले सन् २०१७ मा रोन्ज रोवर बोग कार किनेका थिए । त्यो समयमा यसको मूल्य १ दशमलब ६ करोड थियो । रणवीर अक्सर आफ्नो फिल्मको सुटिङमा यो कार प्रयोग गर्छन् ।

Related Articles

Back to top button