vada
News

अमेरिका पढ्न गएका प्रमोद, सुतेकै ठाउँमा अस्ताए…

अमेरिकामा एक नेपाली विद्यार्थीको निधन भएको छ।

टेक्सास राज्यको ह्युष्टन शहरमा बस्दै आएका २३ वर्षीय झापाका प्रमोद भट्टराईको असामयिक निधन भएको हो।

उनी आफ्नै कोठामा सुतेकै अवस्थामा मृत फेला परेका हुन। पोष्टमार्टम रिपोर्ट अझैसम्म प्राप्त भइ नसकेको कारण उनको मृत्युको कारण थाहा हुन सकेको छैन।

पढाईको लागि पांच वर्ष अगाडि उनी अमेरिका गएका थिए।

ह्युष्टनमा हिमपातको कारण बत्ती गएको बेला प्रमोद र उनीसंगै बस्ने साथीहरुले सोमबार राति बाहिर वार्वीक्यु पार्टी गरेका थिए र सुत्न गएका थिए । मंगलवार विहान संगै वस्ने साथीले उनलाई मृत अवस्थामा कोठामा फेला पारेका थिए।

झापाको वुधवारे घर भएका प्रमोद कम्प्युट साइन्सको विद्यार्थी थिए र अध्ययनसंगै काम पनि गरिरहेका थिए। उनको शवलाई नेपाल ल्याउने तयारी भइरहेको छ।

शवलाई नेपाल पठाउन आवश्यक पर्ने करिब १५ हजार डलर संकलन गरिएपछि शवलाई नेपाल पठाउने पक्रिया अगाडी बढाइएको छ।

Related Articles

Back to top button