vada
Video

‘दोस्रो जन्म पाएँ’ भन्दै यसरी हात जोडेर माफी मागे विनयजंगले (भिडियो हेर्नुस्)

काठमाडौ । विनयजंग बस्नेत प्रहरी हिरासतवाट वाहिर आएका छन् । उनले उनी करिब एक साता प्रहरी हिरासतमा बसेर रिहा भएका हुन् । उनले आफुले वाटो विराएको स्वीकार गरेका छन् । मैले फेरी एक पटक नयाँ जिवन पाए, उनले हिरासतवाट निस्किएपछि भने, सबैले मलाई माफ गरिदिनु ।

उनले र क्सी ले आफुलाई यस्तो अवस्थामा पुर्याएको र अहिले हिरासतमा धेरै कुरा सिकेको पनि बताएका छन् । केही वर्ष अघि पनि मैले बाटो विराएको थिए, अहिले पनि फेरी वाटो विराए । मेरा गल्तीहरुलाई अब माफी गरिदिनुहोला । उनलाई प्रहरी हिरासतवाट निस्कदा स्वागत गर्न शुभचिन्तक र सहयोगीहरु पुगेका थिए ।

बिबिसीमा प्रभावशाली विश्वका १०० महिलाका लिष्टमा परेकी सपना रोका मगरले दिएको उजुरीका कारण उनी प्रहरी हिरासतमा पुगेका थिए । उनले सपनाका बारेमा अनावश्यक टिप्पणी गरेपछि उजुरी दिएकी थिइन् । सपनाको नां गा तस्बिर आफ्नो मोवाइल र पेनड्राइभमा रहेको भन्दै आवश्यक परे ती तस्बिर र भिडियो सार्वजनिक गरिदिने ध म्की समेत उनले दिएका थिए । युट्युवमै त्यस्ता अभिब्यक्ति सार्वजनिक भएपछि सपनाले उजुरी दिएकी थिइन् ।

सपना र विनयजंग केही समय सम्म संगै वेवारिसे शव ब्यवस्थापनको काममा लागेका थिए । विनयजंगसंग सम्बन्ध विग्रिएपछि सपनाले छुट्टै संस्था दर्ता गरेर वेवारिसे शव ब्यवस्थापनको काम थालेकी छन् । सपनाले छुट्टै काम गर्न थालेपछि विनय र सपनाबीच विग्रिएको सम्बन्ध झन खराब भएको थियो ।

Related Articles

Back to top button