vada
News

भागरथी घटनामा पक्राउ परेका दिनेश भट्टले फेरि बयान फेरे, प्रहरी पनि छक्क

पारिवारिक रिसइवी भन्दै आफ्नै फूपुकी छोरी दिदीको ज्या न लि ए का दिनेश भट्टले क र णी गरेको समेत स्वीकार गरेका छन् । यस अघि उनले ज्यान लिएको मात्र बताउँदै आएका थिए । पछिल्लो समय उनको बयान फेरीएको हो ।

दिनेश बैतडीकी किशोरी भागरथी भट्टको ह त्या आरोपमा पक्राउ परेका थिए । १६ वर्षीय यी किशोरले अहिले भने आफूले क र णी समेत गरेको स्वीकारेका छन् । उनले उक्त कुरा बिहीबार सरकारी वकिलले लिएको बयानका क्रममा स्वीकार गरेका हुन् ।

अभियुक्त किशोरका बुबालाई समेत साक्षी राखेर सरकारी वकिलले बयान लिएको थियो । आफूले घटनास्थलमा क र णी गरेको दिनेशले स्वीकार गरेका हुन् ।

आफूमा बदलाको भावना रहेको र सोहीअनुसार आफूले घटना गराएको उनले प्रहरीलाई बताएका छन् ।

पारीवारीक कुराकानीमा किशोरीका बुवाबाट दिनेशको एक परिवारका सदस्यमाथि केही समय अघि क र णी भएको दिनेशले सुनेका र उनमा बदलाको भावना आएको बताइएको छ ।

सोही प्र क र ण मा किशोरमाथि बदलाको भावना रहँदै आएको अनुसन्धानबाट खुलेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको शव नजिकैको लवलेक सामुदायिक बनमा भेटिएको थियो ।

किशोरका बुवा समेत ५ बर्षके हुँदा भएको भनिएको घटना सुनेर उनी कसरी यस्तो काम गर्ने प्रेरित भए परिवार र प्रहरी समेत छक्क परेका छन् ।

Related Articles

Back to top button