vada
News

दुःखद खबर; टेक्सासमा २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको संकासमक, अवस्थामा नि’धन

अमेरिकाको टेक्सासको ह्युष्टनमा २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको असामयिक निधन भएको छ । झण्डै ५ वर्ष अगाडि अमेरिका आएका भट्टराई मंगलबार विहान मृत भेटिएका थिए ।
पोष्टमार्टम रिपोर्ट अहिलेसम्म नआएको र मृत्युको कारणपनि नखुलेको जनाइएको छ । हिमपातको कारण विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएपछि उनी साथीसँग मिलेर सोमवार राति बाहिर वार्वीक्यु पार्टी गरेका सुत्न गएका थिए । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

मंगलवार विहान साथीले उनलाई मृत अवस्थामा कोठामा फेला पारेका थिए । झापाको वुधवारेका प्रमोद कम्प्युटर साइन्सको विद्यार्थी रहको र अध्ययनसंगै काम गरिरहेको जनाइएको छ ।
नेपालमा रहेका आफन्तहरुले उनको शव नेपालमा पठाउने व्यवस्था मिलाउन आग्रह गरेका छन् । पोष्टमार्टमको रिपोर्ट प्राप्त भएपछि उनको शव नेपाल पठाउनेबारे पहल गरिने जनाइएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रमोदको दाहसंस्कारका लागि झापाली सोसाइटी टेक्सासका तर्फबाट आर्थिक संकलन अभियान सुरु गरिएको छ । यथाशीघ्र रकम आवश्यक भएकाले सबैलाई सहयोगका लागि अपिल गरिएको छ ।
अमेरिकामा रहेका नेपालीहरुले उनको निधनमा शोक व्यक्त गरिरहेका छन् भने परिवारजनमा समवेदना व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button