vada
News

२ दिन नहुँदै सरकारी वोकिलसंग दिनेशले यस्तो बयान फेरेपछि घटनाले लियो यस्तो मोड

बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनामा सं’लग्न रहेका भनिएका अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् ।
हिज सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले कर णी प’छि ज्या न लि एको स्वीकारेका दिनेशका बुुवा दीपकराज भट्टले जानकारी दिनुभयो । बुधबार सार्वजनिक गरिएका दिनेशले यसअघि आफूले ज्या न मात्रै लि एको बताउँदै आएका थिए । तर हिज दिनेशका बुबा, प्रहरी अनुसन्धान अधिकृत, सरकारी वकिलसहित रहेको टोलीले संयुक्तरुपमा लिएको बयानमा कर णी पछि ज्या न लि एको स्वीकारेका हुन् ।

यस्तै बयानका क्रममा दिनेशले घटनास्थलमै भागरथीको घडी पनि रहेका बताएका थिए । दिनेशले भनेकै आधारमा प्रहरीले घटनास्थलमा खोज्दै जाँदा घडी पनि फेला पारेको थियो । दीपकराजले भन्नुभयो, “पुरानो घरायसी रि सिइबी र विद्यालयको हाफ टाइममा जि स्क्याएको भनेर भनेको छ ।”

लवलेक जङ्गलमा पुगेपछि पहिला सडकबाट ध’के’लेर भि’रमा ल’डा’ए’को त्यसपछि बे’हो’स अ’वस्थामा कर णी ग रेको र पछि घाँ ‘टी नि’मो’ठे’र ज्या न लि एको समेत दिनेशले बयान दिएका छन् । गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लबलेक जंगलमा अवस्थामा फेला परेकी थिइन् ।

दिनेश माघ २१ गते टिफिन टाइममा भलिबल खेलेर घण्टी लाग्नेबित्तिकै भागेर घर आए। बिनाड्रेस गएको भनी शिक्षकले हप्काएका चडेपानीकै भानदेव भट्ट र लीलाधर भट्ट पनि टिफिनको समयमा स्कुलमै भलिबल खेलेर घर आए।

भागरथी व्यवस्थापन विषय पढ्थिन्। उनी पढ्ने सनातन धर्म माविले व्यवस्थापन विषयका विद्यार्थीलाई टिफिनमा पनि पढाएर पाँचौं घण्टीमा बिदा गर्दै आएको थियो। त्यसकारण पनि टिफिनमा भलिबल खेलेर घर फर्किरहेका दिनेश, भागरथी र अरू दुई जनाको नजिकै खोचलेक बजारमा भेट भयो।

भागरथीले भानदेवलाई कति बेला जाने भनेर सोधिन्। भानदेवले कपाल का टेर जाने भनेपछि भागरथी घरतिर हिँडिन्। लीलाधर र भानदेव सैलुनमा छिरे भने दिनेश भागरथी हिँडेको ४–५ मिनेटपछि घरतिर हिँडे। उनले भागरथीलाई खोचलेकबाट १५ मिनेट पैदल दूरीमा रहेको सिल्ल भन्ने गाउँमा ओभरट्याक गरे।

दिनेश भागरथीलाई छाडेर सिधै अगाडि जाँदै गरे। उनी घटनास्थल भएको ठाउँमा भागरथीभन्दा केही मिनेटअघि पुगेका थिए। भागरथी मोबाइलमा एयरफोन लगाएर गीत सुन्दै घरतिर आइरहेकी थिइन्। घटनास्थलमा दुवै जनाको भेट भयो। मुस्कुराउँदै आफूनजिक आएकी भागरथीलाई दिनेशले ध क्का लगाएर खो ल्सोमा फा ले।

त्यो खोल्सो लवलेक जंगलको ५० प्रतिशत वन क्षेत्र क टिसकेपछि छ। खोल्सोभन्दा चार–पाँच सय मिटरमा पासिमबाटा भन्ने गाउँ छ। भागरथी खोल्सोमा ध’केलि’एपछि घाइते भइन्। घाइते अवस्थामा फेरि दिनेशले अलि तल फाले। त्यति बेला भागरथी प्र’तिकार गर्न नसक्ने अवस्थामा पुगिसकेकी थिइन्।

तेरा बाले मेरो फुपूको कर णी गर्ने ? भनेर उनले भागरथीको घाँ टी थि’चे र मा’रि’दि’ए। त्यसपछि भागरथीको तल्लो वस्त्र मात्रै खोले उनले। भागरथीको फोन खोल्सोको बीचमै खसेको थियो। दिनेश उनको फोन लैजान फेरि शव भेटिएको स्थानभन्दा अलि माथि आए। उनले फोनको ब्याट्री झिके र केही पर गएर फा’लिदिए। जुन स्थान प्रहरीको तालिमप्राप्त कुकुरले पछ्याएको थियो।

त्यसपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको थियो । भागरथीको शव परीक्षण रिपोर्टमा भने कर णी पछि गरिएको भन्ने उल्लेख गरिएको छ । बुधबार नै मृतक भागरथीका दाजु शङ्कर भट्टले दिनेशविरुद्ध कारवाहीका लागि जाहेरी दर्ता गरेकाले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न बैतडी प्रहरीलाई अनुमति दिइएको छ ।

Related Articles

Back to top button