vada
Video

श्रीमानले छोडे, ८ बर्षे छोरालाई व्लड क्यान्सर लाग्यो, रगत किन्ने पैसा पनि नभएपछि… (भिडियो हेर्नुस)

काठमाडौंको कालोपुलको एउटा सानो कोठामा आमा उमा मौरे र उनको ८ बर्षको छोरा कुशल मौरे बस्दै आएका थिए । केहि महिनादेखि आफ्नो एक मात्र साहारा छोरा कुशललाई व्लड क्यान्सर भएपछि उमा आँशुमा डुबेकी छिन् ।

गरिबीका कारण छोरालाई औषधी खुवाउन र व्लड चढाउन पनि पैसा नभएपछि उमाले हामीलाई रुदै फोन गरिन् ।

कुशलको कोठामा पुग्दा अवस्था दयनिय थियो । स्वस्थ हुँदा २ कक्षामा पढ्ने कुशललाई उनको बुवाले छोडेर अर्कै आमा लिएर बसेका छन् ।

छोराको उपचारका लागि श्रीमानले वास्तै नगरेपछि उमालाई कसैको आश भएन । हामीसँग कुरा गर्दा उमा र कुशल डाँको छोडेर रोए ।

हामीले कुशलको उपचारका लागि सानो सहयोग गर्यौं । सबैले सके आर्थिक सहयोग गरेर नसके शेयर गरेर यो बाबुलाई बचाउन सहयोग गर्नुहोला । भिडियो हेर्नुस

Related Articles

Back to top button