vada
News

फेरि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं – बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलाको ११ सयले घटेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाले घटेको हो ।

बुधबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८९ हजार २ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० सय रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको १३ सय ३५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button