vada
International

टिकटक स्टारले १८ वर्षमै किन रोजिन् मृत्यु ? यस्तो थियो उनको अन्तिम पोस्ट

टिकटक स्टार डेझरिया क्विन्ट नोयस अर्थात डेझरियाले सोमबार आ त्म ह त्या गरेकी छिन् । यी अमेरिकी टिकटक स्टार १८ वर्षकी थिइन् । डेझरिया डी को नामले चर्चित थिइन् ।

‘ओके मलाई थाहा छ म तपाइँ सबैलाई दिक्क पारिरहेकी छु । यो मेरो अन्तिम पोस्ट हो ।’

आ त्मह त्या गर्नुभन्दा पहिले उनले इन्स्टाग्राम स्टोरी शेयर गरेर त्यसलाई आफ्नो अन्तिम पोस्ट बताएकी थिइन् । भिडियोको क्याम्पसमा उनले लेखेकी थिइन् ‘ओके मलाई थाहा छ म तपाइँ सबैलाई दिक्क पारिरहेकी छु । यो मेरो अन्तिम पोस्ट हो ।’

डेलीमेलको रिपोर्टअनुसार डेझरियाका अभिभावकले उनको निधनको पुष्टि गरेका छन् । उनीहरुले डेझरियाले आ-त्म-ह-त्या गरेको बताएका छन् । डेझरियाका टिकटकमा मात्रै १.८ मिलियन फलोअर थिए । उनी इन्स्टाग्राम र युट्युबमा पनि निकै सक्रिय थिइन् ।

Related Articles

Back to top button