vada
News

अपराधी लुकाउन खोजेको भन्दै भागरथीकी आमाले दिइन् प्रहरी चौकी अगाडि गएर मर्ने चेतावनी

काठमाडौं । बैतडी जिल्लाकी भागरथी भट्ट प्रकरणमा संलग्न आरोपीलाई आज सार्वजनिक गरिएको छ । प्रहरीले अन्दाजी १७ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको हो । तर, भागरथीकी आमा द्रौपदी भट्टले भने पक्राउ गरेर सार्वजनिक गरिएका किशोर घटनामा संलग्न नभएको बताउनु भएको छ ।

बैतडी प्रहरीले सार्वजनिक गरेका दिनेश भट्टले भागरथीको प्रकरण घटाएको प्रहरीको दाबीमा आफू विश्वस्त नभएको स्पष्ट पार्नुभयो । दिनेशलाई देखाएर प्रहरीले असली दोषी लुकाउने प्रयास गरेको उहाँको भनाई रहेको छ ।

उहाँका अनुसार घटना भएको दिन दिनेश चार बजे घाम छँदै घर आएका थिए । आफुले दिनेशसँग मैले मेरी छोरी आइनन् भनेर सोध्दा उनले देखिन भनेर जवाफ फर्काएको बताउनुभयो ।

त्यो दिन देखिन भनेको व्यक्तिले आफ्नी छोरीको ज्यान लिएको भन्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्न । उहाँले भन्नुभयो, ‘उ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ । बाजे–बाजे भाइ हुन् ।

छोरी जेठी हो, ऊ कान्छो हो । ऊ भन्दा छोरी ठूली थिई ।’ द्रोपतीले छोरी भागरथीले न्याय नपाउँदासम्म लाश नबुझ्ने बताउनु भएको छ । उहाँले अब आफ्नी छोरीले न्याय पाउँदिन भन्नेमा आफु ढुक्क भएको भन्दै न्याय नपाएपछि प्रहरी चौकी अगाडि गएर मर्दिने चेतावनी पनि दिनुभयो ।

Related Articles

Back to top button