News

विराटनगर अस्पतालले कोरोना पोजेटिभलाई घर पठायो, सिंगो गाउँ नै जोखिममा

विराटनगर अस्पतालले रिपोर्ट पोजिटिभ आएपनि विदा दिएका कोरोना संक्रमित एक पुरुषको घर लैजाँदै गर्दा बाटैमा निधन भएको छ । लापरबाहीपूर्ण तरिकाले अस्पतालले डिस्चार्ज दिएका मोरङको रतुवामाई नगरपालिका–७ सिजुवाका ४८ वर्षीय पुरुषको घर नपुर्‍याइकन बीच बाटैमा निधन भएको हो ।

परिवारका अनुसार श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि उनलाई उपचारका लागि गत बुधबार अस्पतालमा भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएका उनको बिहीबार बिहानै रिपोर्ट पोजिटिभ आएको रतुवामाई नगरपालिकाका मेयर रविन राईले बताए ।

उनका अनुसार रिपोर्ट पोजिटिभ आएर कोरोना पुष्टि हुँदाहुँदै उपचार ठीक नहुने भनेर घर लैजानुभन्दै अस्पतालले डिस्चार्ज दिएर पठाएको पाइयो । उनको दुवै मृगौलाले काम गर्न छाडेको र मधुमेह तथा दमको पुरानै समस्या रहेको राईले बताए ।

मेयर राईका अनुसार उपचारका लागि भनेर गम्भीर अवस्थामा भर्ना गरिएका पुरुषलाई आकस्मिक कक्षबाटै अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

तर अवस्था गम्भीर बनेकाले उपचार सम्भव नहुनेभन्दै रिपोर्ट पोजिटिभ आइसकेपछि अस्पतालले डिस्चार्ज दिएर बिरामीलाई जिम्मा लगाएको उनको भनाइ छ । उनका अनुसार ल्याउँदाल्याउँदै बाटोमै निधन भएका पुरुषको शव घर पुर्‍याएपछि हेर्नका लागि भनेर ठूलो भीड जम्मा भएको थियो ।

त्यसपछि मात्रै रिपोर्ट पोजिटिभ आएको आफूहरुले थाहा पाएको जानकारी राईले दिए । ुरिपोर्ट पोजिटिभ आएपछि परिवारलाई जिम्मा नलगाइकन अस्पतालमै बिरामी राख्नुपर्ने हो,ु उनले भने, ुकोरोना पुष्टि भएका व्यक्तिलाई घर लैजान अनुमति दिनु अस्पतालको लापरवाही हो ।ु

उनका अनुसार सिजुवा बजार क्षेत्रका धेरैजना शव हेर्न घरमा पुगेका कारण परिवारका सदस्यसहित उनीहरु पनि कोरोनाको जोखिममा परेका छन् ।

ुकोरोना लागेको मान्छे बाँच्दैन भनेर कसरी अस्पतालले पूर्वानुमान गर्‍यो भन्ने कुराले हामी नै छक्क परिरहेका छौं, ुमेयर राईले भने, ुबिरामीमा रहेको दीर्घरोगको पाटो अर्को कुरा हो ।ु (साभार गरिएके यो समाचार र तस्वीर अन्नपूर्ण पोष्टका लागि किशोर बुढाथोकील् बिराटनगरबाट पठाएका हुन् ।)

Related Articles

Back to top button
Close