International

कक्षा ५ मा पढ्ने बालकले आफ्नै महिला प्रिन्सिपलसँग माया बसेर लेखे यस्तो प्रेमपत्र, जस्ले पाए यस्तो सजाए !

भारतमा हालै एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । विद्यालय पोशाकमा रहेका दुई बालकको हात खुट्टा बाँधेर राखिएको अवस्थाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो । सो तस्बिरको वास्तविकता थाहा पाउने ब्यक्ति भने पहिला निकै आश्चर्यमा पर्नेछ । उनीहरुलाई विद्यालयको प्रिन्सिपलको निर्देशनमा त्यसरी हातखुट्टा बाँधेर राखिएको हो ।

एउटा तिन कक्षा र अर्का पाँच कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई दिइएको सजायको कारण भने निकै उदेकलाग्दो छ । आफ्नै विद्यालयको प्रिन्सिपललाई प्रेम पत्र लेखेका कारण ति दुई मध्ये एक बालकलाई त्यसरी बाँधिएको हो । अर्काले कक्षा कोठामा हल्ला गरेको सजाय पाएका हुन् । ति अबोध बालकको मनमा आफ्नै विद्यालयको प्रिन्सिपल माथि माया पलाएपछि उनले प्रेम पत्र लेखे । प्रोढ उमेरकी ति महिला प्रिन्सिपलका लागि त्यो सह्य भएन । उनले बालकलाई सम्झाउनुको साटो सजाय दिने निर्णय गरिन् । उनकै निर्देशनमा बालकलाई हात खुट्टा बाँधिएर राखिएको हो ।

सामाजिक सञ्जालमा तस्बिर भाइरल भएपछि तस्बिरलाई लिएर निकै टिप्पणी भएको छ । अधिकांशले त्यसरी सजाय दिन निर्देशन दिने प्रिन्सिपलको आलोचना गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रिन्सिपललाई कारवाही गर्नुपर्ने माग समेत राखेका छन् । माया सबैको मनमा हुन्छ । अनि माया गर्नका लागि उमेर वाधक बन्दैन, अनि को कुन हैसियतको भन्ने पनि चिन्दैन ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

ति अबोध बालकले देखाएको प्रिन्सिपल प्रतिको प्रेम पनि त्यसैको परिणाम हो । तर ति बालकले भने मायाको बदला सजाय पाउनुपर्यो । सामाजिक सञ्जालमा भाइरल भएको यो घटना आन्ध्र प्रदेशको एक स्कुलको हो । अनन्तपुर जिल्लाको कादिरी नगरपालिकास्थित मासानम्पेट निम्न माध्यामिक विद्यालयमा अध्ययनरत यि बालकले आफ्नै प्रिन्सिपललाई प्रेम पत्र लेखेका हुन् । सामाजिक सञ्जालमा तस्वीरसहित उक्त घटना सार्वजनिक भएपछि सामाजिक कार्यकर्ताहरु प्रिन्सिपलमाथि कडा कारवाही हुनुपर्ने माग गरिरहेका छन् । स्थानीय प्रशासनले समेत घटनाको छानबिनका लागि आदेश दिइसकेको छ ।

आधा पाकेको सुँगुरको मासु खाएको एक महिनापछि व्यक्तिको शरीरभरी भेटिए ७ सय फित्ते जुका

नपाकेको मासु मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ । जुनसुकै जिवको मासु राम्रोसंग पाकेको छैन भने त्यसले मानिसको पाचन प्रकृया लगायत अन्य स्वास्थ्य समस्या उब्जाउँछ । त्यस्तै सुँगुरको मासु खानेबेलामा पनि निकै बिचार पुर्याउनु पर्छ । राम्रोसंग नपाकेको सुँगुरको मासु खाएका एक ब्यक्तिको शरिरमा आएको अचम्मको स्वास्थ्य समस्याले अहिले मासु खानेहरुका लागि सतर्क हुनुपर्ने अवस्था निम्त्याएको छ ।

एक महिना अघि राम्रोसंग नपाकेको सुँगुरको मासु खाएका एक ब्यक्तिको शरिरभित्र ७ सय भन्दा धेरै जुका भेटिएका छन् । चीनका ४६ वर्षका झु जोन्गफाको शरीरमा ७ सय बढी परजीवी फित्ते जुका (टेपवर्म) भेटिएका छन् । उनले एक महिना अघि राम्रोसंग नपाकेको सुँगुरको मासु खाएका थिए । शरिरमा उत्पन्न भएको जुका ति ब्यक्तिको दिमागदेखि मृगौलासम्म पुगिसकेका थिए । स्थानीय मडियाका अनुसार ति ब्यक्तिलाई अन्तिम अवस्थामा अस्पताल पुर्याइएका थिए ।

मजदुरी गर्ने झु को उपचारको क्रममा चिकित्सकले उक्त फित्ते जुकाको अण्डा पेटसम्म पुगिसकेको र रगतमार्फत् शरीरभरी फैलिसकेको पत्ता लगाएका थिए । डाक्टरका अनुसार उक्त फित्ते जुका सुँगुरको मासुमार्फत् उनको शरीरभित्र प्रवेश गरेको बताएपछि उनले एक महिना अघि आफुले मासु खाएको स्मरण गरेका थिए ।

डाक्टरका अनुसार झु टिनिएसिसबाट पीडित थिए । यो भित्ते जुका टिनिया सोलियम संक्रमणबाट हुने रोग हो । भित्ते जुकाको लार्भा राम्रोसँग नपाकेको सुँगुरको मासुमार्फत् शरीरभित्र पुग्छ । यसका साथै यो दुषित खानामार्फत् पनि शरीरभित्र पुग्ने गर्छ । संक्रमण भएको अवस्थामा अत्यधिक टाउको दुख्ने, अँध्यारो छाउने, अट्याक हुने, बिर्सनेलगायतका लक्षण देखिन्छन् । अहिले ति ब्यक्ति स्वास्थ्यलाभ गरिरहेका छन् । । डा। हुआंगका अनुसार एन्टी प्यारासाइटिक औषधी मार्फत ति जुका र लार्भालाई नष्ट गरेर बिरामीको उपचार गरिएको हो ।

फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडा पुग्नुपर्ने बाध्यता

डडेल्धुराको परशुराम नगरपालिकावासीलाई कसैसँग मोबाइल सम्पर्क गर्नुपरे दुई घण्टा पैदल हिँडेर अग्लो डाँडा जानुपर्ने बाध्यता छ ।दुई घण्टा उकालो हिँडेर गाउँभन्दा माथि डाँडामा पुग्नु उनीहरुको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि परशुराम नगरपालिकाका तीन वटा वडावासी दैनिक दुई घण्टा हिँडेर डाँडा जाने गरेको परशुराम नगरपालिका–८ का धनबहादुर जाग्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मजस्तै यहाँका सबै व्यक्तिलाई फोन गर्न दुई घण्टा हिँडेर डाँडा चढ्नैपर्ने बाध्यता रहेको छ, के गर्नु ? आफन्तको खबर सुन्न मन लाग्छ ।”

डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा रहेको परशुराम नगरपालिका–८ मा पर्ने करेनी, जमरेनी र काँफलगैराका स्थानीयवासीहरुले फोन गर्नकै लागि घरबाट दुई घण्टा पैदल हिँडेरमाथि डाँडामा पुग्ने गरेको जाग्रीले बताउनुभयो ।

परशुराम नगरपालिका–८ का तीन वटा गाउँमा यस्तो समस्या भएको उहाँले बताउनुभयो । त्यो पनि घाम लागेको बेला स्काइफोन लाग्ने र अन्य बेलामा त्यसमा पनि समस्या आउने गरेको उहाँले भन्नुभयो, “ऐनसेल र नमस्तेको मोबाइलको नेटकर्वमा झनै समस्या देखिएको छ ।”

दैनिक फोनमा धेरै काम पर्छ, त्यसैले डाँडामा पुग्नु बाध्यता भएको उहाँको भनाइ छ । फोन नभएकाले स्थानीय सरकारका कामदेखि प्रहरी चौकीमा समेत सूचना आदान–प्रदान गर्न मुस्किल भएको छ ।

डडेल्धुरा जिल्ला भन्ने बित्तिकै सबैले धेरै विकास भएको जिल्लाका रुपमा बुझ्छन् । त्यहाँ सञ्चार क्षेत्र तथा टेलिफोन सेवा अझै पनि पुग्न नसकेको भन्दा धेरैलाई विश्वास नलाग्ला तर कुरा सत्य हो । डडेल्धुरामा परशुराम नगरपालिका स्थापना भएको तीन वर्ष बितिसक्दा पनि धेरै ठाउँमा फोन सेवा पुग्न सकेको छैन ।

परशुराम नगरपालिका–७ मलासवासीमा पनि हालसम्म फोन सेवाबाट वञ्चित हुनुपरेको छ । कञ्चनपुर सीमा क्षेत्रमा रहेको मलासका स्थानीयवासीमा यस्तै समस्या रहेको छ । फोन गर्नेका लागि डाँडा चढ्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।

यस्तै डडेल्धुरा जिल्लाको अर्काे गाउँपालिका आलिताल गाउँपालिका–२ गांखेतमा पनि स्काइबाहेक कुनै फोेन नेटवर्क टिप्दैन । त्यो पनि बेलुकी ४ बजेपछि अवरुद्ध हुने गरेको आलिताल गाउँपालिका–२ का स्थानीय पदमबहादुर विकले बताउनुभयो । यस्तै आलिताल गाउँपालिका–३ भित्रीसैनमा पनि कुनै पनि फोन सेवा सञ्चालन छैन ।

उक्त क्षेत्रका बासिन्दाले फोन गर्नका लागि करिब १० किलोमिटर पैदल हिँडेर बजार क्षेत्रमा पुगेर मात्र फोन गर्ने गरेको स्थानीयवासीको भनाइ छ । यस्तै नवदुर्गा गाउँपालिका–४ मा पर्ने चलकट्टेमा स्मार्ट सेल कम्पनीका सेटले मात्र फोन सेवा सञ्चालनमा छ । स्मार्ट सेलका पनि कतिखेरै नेटर्वक हुन्छ कतिखेरै हुँदैन । यस्तो समस्या रहेको नवदुर्गा गाउँपालिका–४ का स्थानीयवासी गणेश कैनीले बताउनुभयो ।

यस्तै डडेल्धुरा जिल्लामा रहेका सातवटा स्थानीय तह रहेका भए पनि धेरै ठाउँमा राम्रोसँग फोन नेटवर्क नभएको अमरगढी नगरपालिकाबाहेकका अन्य स्थानीय तहमा राम्रोसँग टेलिफोन नेटवर्क नहँुदा टेलिफोन सेवा अवरुद्ध हुँदै आएको छ ।

अमरगढी नगरपालिकामै टेलिफोन छैन

डडेल्धुरा सदरमुकाम अमगरढी नगरपालिका डडेल्धुरासँग जोडिएका बजारलगायतका १९ वटा साविक गाविसका अन्य ठाउँका टेलिफोन लाइनसमेत १६ वर्ष बितिसक्दा पनि जोडिएका छैन । नेपाल टेलिकमले सुरक्षाको अवस्था देखाउँदै तत्कालीन माओवादी द्वन्द्वकालीन अवस्थामा बन्द गरिएका मार्च र भिएचएफ टेलिफोन लाइन हालसम्म सञ्चालन नभएको स्थानीयवासीको भनाइ छ ।

डडेल्धुरा जिल्लाको सदरमुकाममा रहेको अमरगढी नगरपालिकाका पोखरा बजार, अनारखोली बजार र आइतबजारमा सञ्चालनमा रहेका टेलिफोन लाइन हालसम्म सञ्चालनमा नरहेको नेपाल टेलिकम डडेल्धुरा शाखाले जनाएको छ ।

२०५८ सालमा द्वन्द्वकालीन अवस्थामा सुरक्षाको अवस्था देखाउँदै बन्द गरिएका टेलिफोन लाइन हालसम्म बन्द अवस्थामै छन् । नगरपालिकामा पहिले सदरमुकाममा टेलिफोन लाइन थिए र जनतालाई गाउँबाटै भए पनि टेलिफोन सेवाको पहुँचमा थिए तर लामो समय बितिसक्दा पनि टेलिफोन लाइन नजोडिएको अमरगढी नगरपालिका–७ का स्थानीय कमल साहुले बताउनुभयो ।

अमरगढी नगरपालिका–७ पोखरा बजार र अनारखोली बजार क्षेत्रमा द्वन्द्वकालीन अवस्थामा बन्द गरिएको टेलिफोन लाइन सुचारु हुन नसकेको नेपाल टेलिकम डडेल्धुरा शाखाका निमित्त प्रमुख शिवराज बोहाले बताउनुभयो ।

Related Articles

Back to top button
Close