News

सुनको मूल्य बढ्यो, हेर्नुहोस् आजको बजार भाउ

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।बिहीबारको तुलनामा छापावाल सुन प्रतितोला चार सयले बढेर ९४ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य पनि चार सयले बढेर तोलामा ९४ हजार चार सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।यस्तै, शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलाको १२ सय रुपैयाँमै कारोबार भएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close